नेपालगन्ज : लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्सले नेपालगञ्ज उपमहानगपालिकामा बिमा जागरण कार्यक्रम संचालन गरेको छ ।
जिल्ला सहकारी संघ बाँकेसंगको सहकार्यमा सहकारी संस्थाका पदाधिकारीहरुलाई लधु विमाको अवधारण, विमाको फाईदा र लधुविमाले सहकारी संस्थाका सदस्यहरुको विमा संरक्षण प्रकृया बारे जानकारी गराईएको थियो । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीको अध्यक्षतामा संञ्चालन गरेको कार्यक्रममा बाँके जिल्लाका ७० सहकारीका १३२ जनाको सहभागिता रहको थियो ।
उक्त कार्यक्रमलाई लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश प्रमुख भिम राज अवस्थी र नेपालगञ्ज शाखाका प्रवन्धक दिपा विनाडीले सहजिकरण गर्नु भएको थियो । लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्सले सहकारी संस्थाका लागि उपयुक्त हुने गरी सम्बृद्ध कवच, सामुहिक म्यादी जीवन विमा, ग्रामिण म्यादी जीवन विमा सम्बृद्ध भविश्य र सुरक्षित बाल भविस्य जिवन बिमा बजारमा जारी गरेको छ । एक दिने सहकार्य तथा प्रशिक्षण कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
