(Wednesday 28th of October 2026)
`

बाँकेमा ५९औं रक्तसंचार सेवा दिवस मनाइयो

  • सगरमाथा गन्तब्य
  • 7.5K
    SHARES

    प्रहलाद विश्वकर्मा, नेपालगंज/नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवाको आयोजनामा ५९ औं रक्तसंचार सेवा दिवसका अवसरमा स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता वितरण कार्यक्रम गरि शुक्रवार नेपालगंजमा दिवस मनाइएको छ ।
    दिवसका अवसरमा पोजेटिव समुहका २५ पटक भन्दा बढी र दुलर्भ (नगेटिव) समुहका १५ पटक भन्दा बढी रक्तदान गर्ने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई सम्मान स्वरुप नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यता प्रदान गरिएको छ ।
    वि.स. २०२३ सालमा रक्तसंचार सेवा स्थापना भएको थियो । नेरेसो प्रादेशिक रक्तसंचार सेवा नेपालगंजबाट आ.बा. २०७९÷०८० मा बार्षिक १३ हजार ४ सय ९० सकंलन र १९ हजार ९ सय ९३ पिन्ट रगत वितरण भएको कुरा रक्तसंचार सेवाका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भयो ।
    १०० पटक रक्तदान गर्नुहुने शतक रक्तदाता पवन जैसवाललाई नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, सनतकुमार रेग्मी र शाखा सभापति गोवर्धन सिंह सम्झनाले प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो भने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई आजीवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो ।
    नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रक्तसंचार सेवा रक्तदाताहरुबाट नै संचालन हुने हुदाँ यस महान कार्यमा योग्दान गर्नुहुने सबै स्वयंसेवी रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
    सम्मान ग्रहण गर्दै शतक रक्तदाता पनव जैसवालले हरेक व्यक्तिले ३÷३ महिनामा रक्तदान गरेमा स्वस्थ्य हुने र मानव जीवन रक्षा हुने बताउँदै युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
    नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसोका पूर्वकेन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, नेपाल रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, स्वयंसेवी रक्तदाता पवन जैसवाल, नेरेसो बाँके शाखााका उपनिर्देशक दोलखबहादुर डाँगी, लगायतले विचार व्यक्त गर्नु भएको थियो भने आजीवन सदस्यता प्राप्त गर्ने व्यक्तिहरुलाई नेरेसो जिल्ला कार्यसमिति सदस्य सनतकुमार रेग्मी, मीनबहादुर मल्ल, गुलाब सिंह ठाकुर, सीता शर्मा पोख्रेल र खगेसरी भण्डारीले प्रदान गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology