(Wednesday 28th of October 2026)
`

हाम्रो व्यवसाय आमाको भूमिकामा रहेको सेवा व्यवसाय हो : होटल व्यवसायी

  • सगरमाथा गन्तब्य
  • 12.6K
    SHARES

    नेपालगन्ज : होटल व्यवसायी महासंघ लुुम्बिनी प्रदेशको तेस्रो बार्षिक साधारणसभा तथा अधिवेशन नेपालगन्जमा हुने भएको छ । होटल व्यवसायी महासंघ लुुम्बिनी प्रदेशले बिहीवार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर तेस्रो बार्षिक साधारण सभा तथा अधिवेशन शुक्रवार र शनिवार नेपालगन्जमा हुने भएको हो । पर्यटन प्रबद्धन र आर्थिक बिकास, व्यवसायिक एकता आजको आवश्यकता मुल नाराका साथ हुने तेस्रो बार्षिक साधारणसभा तथा अधिवेशनको तयारी पुरा भएको होटल व्यवसायी महासंघ लुुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले जानकारी गराउनुभएको छ ।
    अध्यक्ष काफ्लेले स्थानीय खाद्यन्न, तरकारी उपभोग्य स्थानीय कच्चा पर्दाथको अधिकतम प्रयोग हुने गरि स्वदेशी तथा विदेशी लगानीमा बहुसंख्यक स्वदेशीद्वारा सञ्चालित व्यवसाय होटल व्यवसाय रहेको बताउदै विदेशी मुद्रा आर्जनको प्रमुख श्रोतको रुपमा रहेता पनि होटल व्यवसायीहरुको हकहित अधिकार संरक्षण र सम्बद्र्धनमा सम्बन्धित निकायहरुको यथेस्ट मात्रामा ध्यान जान नसकेको गुनासो सुनाउनुभयो । उहाँ भन्नुहुन्छ “राष्ट्रले घोषणा गरेको समृद्ध नेपाल सुखी नेपालीको दरिलो आधार पर्यटन क्षेत्र हो । पर्यटन क्षेत्रको महत्वपूर्ण अंग होटल व्यवसाय हो । हामी भोकाएकालाई खाना खुवाउछौ, तिर्खाएकालाइ पानी पियाउछौ, थाकेकाहरुलाई आराम गराउछौ त्यसैले हाम्रो व्यवसाय आमाको भूमिकामा रहेको सेवा व्यवसाय हो ।”
    पटक पटक राज्य, सम्बन्धित सरोकारवाला निकायमा ध्यानाकर्षण गराउदा समेत होटल व्यवसायीहरुका समस्या र चुनौती जस का तस रहेको अध्यक्ष काफ्लेले दुःख व्यक्त गर्नुभयो । स्वतन्त्र रुपमा व्यवसाय सञ्चालन गर्न र यस लुम्बिनी प्रदेश भित्रका १२ वटै जिल्लामा छरिएर रहेका साना ठूला होटल व्यवसायीहरुलाई एकता बद्ध बनाई राष्ट्र निर्माणको मुल प्रर्वाहमा समावेश गराउन उहाँले आग्रह गर्नुभयो ।
    शुक्रवार नेपालगन्जमा हुने होटल व्यवसायी महासंघ लुुम्बिनी प्रदेशको तेस्रो बार्षिक साधारण सभा तथा अधिवेशनमा प्रदेशका १२ वटै जिल्लामा रहेका होटल व्यवसायीहरुको उपस्थिती हुने भएको होटल व्यवसायी महासंघ लुुम्बिनी प्रदेशले जानकारी गराएको छ । यस प्रदेशभित्र साना ठुला गरि करिव ११ हजार होटल व्यवासयीहरु सञ्चालनमा छन् । यस क्षेत्रले ५५ देखि ६० हजार प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । करिव २ खर्ब बराबरको यस क्षेत्रमा निजी क्षेत्रको लगानी छ भने करिव ४० करोड बार्षिक कर यस क्षेत्रबाट राज्यलाई असुल उपर भैरहेको होटल व्यवसायीको ठहर छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology