नेपालगञ्ज- २१ औं नेपाल रेडक्रस सोसाइटी बाँके बगिया उप–शाखाको स्थापना दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम तथा आजीवन सदस्यता बितरण एक कार्यक्रम साउन संक्रान्तिका दिन सम्पन्न भएको छ ।
बाँके बगिया उप–शाखाका सचिव गोबिन्द प्रसाद घिमिरेद्वारा सञ्चालित, उप शाखाका सभापति बिष्णु प्रसाद सुवेदीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि गोर्वधन सिंह सम्झनाले हेनरी डियुनाको तस्बीरमा अबीर लगाई, ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय निर्वतमान उप–सभापति अजीत कुमार शर्मा, घरवारीटोल उप–शाखाका सभापति सुरेन्द्र श्रेष्ठ, सदरलाइन उप–शाखाका सभापति ओप्रकाश आजाद लगायतले बाँके बगिया उप–शाखाको भवन बनाउनका लागी जोड दिएका थिए । सदरलाइन उप–शाखाका सभापति ओम प्रकाश आजादले आजीवन सदस्यता प्राप्त गरी सकेपछि धेरै सदस्यहरुले बिदेशमा रहेका हुन्छन् साधारण सभा र कार्यक्रममा २५ प्रतिशत पनि उपस्थित हुदैन । रेडक्रसमा सदस्यता लिन सेवाको भावनाबाट आउँदैनन्, स्वार्थको भावनाबाट सदस्यता लिने गर्दछन् ।
नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–२३ का वडाध्यक्ष जब्बार अली बेहनाले हाम्रो २३ नंं.बडामा ३–४ महिनामा यसरी कार्यक्रम गर्नुका लागी अग्राह गरेका छन् । कतियपलाई रेडक्रस भनेको के हो थाह छैन त्यसको बारेमा, रक्तदानको बारेमा सर्वसाधारणलाई राम्रोसंग जानकारी होस भनेर यस किसिमको कार्यक्रमहरु गर्नु पर्छ ।
कार्यक्रममा सूर्य प्रसाद धिताल, डा. सच्चिदानन्द उपाध्याय, गजेन्द्रमान पति, बबिता आचार्य अन्सारी, दिपेन्द्रराज श्रेष्ठ, अमृता राना, तिल बहादुर रानामगर, धन बहादुर चौहान मगर, नवलसिंह चौहानमगरलाई आजीवन सदस्यताको प्रमाण–पत्र प्रमुख अतिथि गार्वधन सिंह सम्झनाले प्रदान गर्नुभएको थियो ।
यसरी कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–१३ का वडा कार्यालयले संस्थागत सदस्यता रु. २५ हजार रुपैया तिरेर संस्थागत सदस्यता वडाध्यक्ष सरेश सिंह ठाकुरलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा ९ जनाले रेडक्रसकोे आजीवन सदस्यता प्राप्त गरेका सदस्यका लागी नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी वरिष्ठ संगठन बिकास अधिकृत निरञ्जना मल्लले रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको बारेमा प्रोजेक्टद्वारा प्रकाश गर्नुभएको थियो । उप–निर्देशक दोलख बहादुर डाँगीले रेडक्रसले बिपद् व्यवस्थापनमा गर्ने कार्यहरुको बारेमा र गर्दै आएको क्रियाकलापको बारेमा प्रस्तुती गर्नु भएको थियो ।
बाँके बगिया उप–शाखाका कोषाध्यक्ष चित्र बहादुर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
बाँके बगिया उप–शाखाका सभापति बिष्णु प्रसाद सुवेदीले कार्यक्रम समापन गर्दै भवन बनाउनका लागी हामी लागी परेका छौं र यस उप–शाखामा जम्मा २७७ जना रहेका छन् जसमा २१ जना गुमाई सकेका छौं र अहिले २५६ जना मध्ये ६० जना महिला र १९६ जना पुरुष सदस्य रहेको र उप–शाखाको स्थापना बि.सं. २०६१ साल श्रावण १ गते भएको जानकारी गराएका थिए ।
कार्यक्रममा अरुण कुमार सिंह, रेडक्रस अधिकृत प्रहलाद विश्वकर्मा, शान्ति जिसी, चन्द्र प्रसाद तिमिल्सिना, पदम बहादुर खडका, अनन्त नाथ भट्टराई, प्रतला आचार्य, निर्वतमान उप–शाखा सभापति श्याम बहदुर केसी, रामआधार सिंह लगायतको सहभागिता रहेको थियो ।
