(Wednesday 28th of October 2026)
`

कपिलवस्तुमा कोरोना पुष्टि भएका दुवै जना ७ दिन अगाडि मुम्बईबाट आएको खुलासा !

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES
    • मनोज श्रीवास्तव,

    कपिलवस्तु, २५ बैशाख । कपिलवस्तुमा आज (विहीबार) दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परीक्षणमा २२ र १६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित दुवै जना मायादेवी गाउँपालिका-२ अभिरावका स्थानीय बासिन्दा हुन् । कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीका अनुसार उनीहरु दुवै जना मुस्लिम समुदायका हुन् । सात दिन अगाडि मात्रै उनीहरु भारतको मुम्बईबाट नेपाल भित्रिएका थिए । कोरोना संक्रमितसँगै अन्य चार जना पनि मुम्बईबाट आएका जानकारी गराइएको छ । पछिल्लो समय लकडाउनको समयमा पनि लुकीछिपी भारतबाट कपिलवस्तु भित्रिने क्रम बढ्दो छ । आजको घटनाले स्थानीय जनप्रतिनिधिहरुकै मिलेमत्तोमा लुकीछिपी कपिलवस्तु भित्रिने गरेको छर्लंग भएको छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology