(Wednesday 28th of October 2026)
`

थप सेवा सुबिधा सहित १५ बेडको केयर सिटि संचालनमा

  • सगरमाथा गन्तब्य
  • 7.8K
    SHARES

    नेपालगन्ज : नेपालगंज उप महानगरपालिका वडा नं. १८ भुजई गाँउमा बिगत ३ वर्ष देखि संचालन हुदै आएको १५ बेडको केयर सिटि अस्पताल थप सेवा सुबिधा सहित संचालनमा आएको छ ।
    बिरामीलाई गुणस्तरिय र सुलभ उपचार सेवा पाउने लक्ष्यको साथ केयर सिटी अस्पतालले अब देखि २४ सै घण्टा चिकित्सक सहितको इमरजेन्सी, फार्मेसी, अत्याधुनिक प्रयोगशाला, भिडियो एक्स रे र एक्स रे सेवा संचालनमा ल्याएको हो । शुक्रवार नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले केयर सिटि अस्पतालको उद्घाटन गर्नुभयो ।
    करिब २० करोडको लागतमा १ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको यस अस्पतालमा आइ.सि.यु., एन. आइ.सि.यु, भेन्टिलेटर, आप्रेशन कक्ष, र अत्याधुनिक प्रयोगशाला उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
    अस्पतालमा बालरोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग, निसन्तान तथा बाँझोपन, हाडजोर्नी, न्युरो सर्जरी, नाक कान घाटी, जनरल सर्जरी, रेडियालोजी विभाग रहेको छ ।


    प्रत्येक महिना काठमाण्डौबाट आई.भि.एफ. विशेषज्ञ, इण्डोकाइनोलोजिस्ट तथा न्युरो फिजिसियन जस्ता सुपर स्पेसियालिटी डाक्टरहरु उपलब्ध गराई सेवा प्रदान गरिरहेको अस्पतालको चेयरमेन डा. विष्णु कुमार थापाले जानकारी गराउनुभयो ।
    नेपाल र भारतको ख्यति प्राप्त मेडिकल कलेजमा अध्ययनरत नेपालगंज कै युवा चिकित्सकहरुको टिमबाट संचालन हुँदै आएको केयर सिटि अस्पतालमा १७ जना बिशेषज्ञ चिकित्सक, २ जना मेडिकल अफिसर, २१ जना नर्सिंग स्टाफ सहित ७२ जना टीम कार्यरत रहेका छन् ।
    केयर सिटि अस्पताललाई निकट भबिष्यमै ५० बेड क्षमताका साथ संचालन गर्नकालागि आवश्यक पर्ने पुर्वाधार जनशक्ति साधन श्रोतको व्यवस्थापन स्वीकृतिका लागि प्रकृया प्राप्त भइ सकेको डा. थापाले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology