(Wednesday 28th of October 2026)
`

हावाहुरीले २ सय बढि विद्युत पोल र ५ बढि ट्रान्सफर्मर ढलेपछि विद्युत सेवा अवरुद्ध

  • सगरमाथा गन्तब्य
  • 8.7K
    SHARES

    नेपालगन्ज : बाँकेमा सोमबार साँझ आएको ठुलो हावाहुरीका कारण यहाँका दुई सय भन्दा बढी विद्युतका पोल र पाँच वटा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।
    भीषण हावाहुरीले बाँकेको खजुरा, जानकी, नेपालगन्ज, डुडुवा हुदै राप्तीपारी नरैनापुर क्षेत्रसम्म दुई सय बढी विद्युतका पोल ढलेका छन भने केही पोल भाचिएपछि गएरातीदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउनुभयो ।
    उहाँका अनुसार हावाहुरीले विद्युत पोल र ट्रान्सफर्मर ढालेर भाँचिएर क्षति समेत पुगेको छ । हावाहुरी रोकिने बित्तिक राती नै वितरण केन्द्रबाट पाँच वटा छुट्टाछुट्टै प्राविधिकहरूको टोली परिचालन गरेर ढलेका पोलहरूको मर्मत सम्भारको कार्य भईरहेको उहाँले बताउनुभयो ।
    वितरण केन्द्र प्रमुख लामिछानेले सोही प्रकारले तीन वटा ठेकेदारलाई क्रेनसहित परिचालन गरेर पोल र ट्रान्सफर्मरको मर्मतका लागि खटाइएको भन्दै अहिले मर्मत सम्भार र चुँडिएका तार जोड्ने कार्य तीव्र गतिमा भइरहेकोले मंगलवार बेलुकासम्म नेपालगन्ज बजारको विद्युत् पूर्ण रूपमा सुचारु हुने आशा रहेको बताउनुभयो ।
    साथै विद्युत् पोल, तार ट्रान्सफर्मर लगायत कुनै पनि उपकरण नछुनसमेत सर्वसाधारणलाई वितरण केन्द्रले आग्रह गरेको छ ।
    यसैगरि हावाहुरीले जिल्लाका विभिन्न विद्यालयहरुका जस्ता पाताका छाना, पानी ट्याकी लगायतका सामाग्रीलाई हावाले उडाएर क्षति पु¥याएको छ । जिल्लाका स्थानीय सर्वसाधारणका टिनका पातलाई उडाएर क्षति पु¥याएको जनाइएको छ ।
    बाँके जानकी गाउँपालिका वार्ड नं. ५ स्थित श्री राष्ट्रिय आधारभुत विद्यालय गुरुवागाउँका प्रधानाध्यापक सन्ध्या शर्माका अनुसार राती आएको हावा हुरीले विद्यालएको छाना, खानेपानी ट्यंकी, वाल वाउण्ड्री, गेटमा क्षति पु¥याएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology