(Friday 11th of September 2026)
`

बागेश्वरी मन्दिरमा जिब्रो छेड्नेहरूको भिड

  • सगरमाथा गन्तब्य
  • 11K
    SHARES

    बाँके वैशाख ५– चैते दसैँ सङ्गै राम नवमीको पूजा अर्चना गर्न र जिब्रो छेड्न नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा बर्सेनि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।  पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिर नेपालगन्जमा बाँके जिल्लाका भक्तजन मात्र नभएर बर्दिया, कञ्चनपुर, कैलाली लगायतका जिल्लाबाट भक्तजन आउने गर्छन् यस्तै लखनउ, दिल्ली लगायतका स्थानबाट हजारौँ भक्तजन आउने गरेका छन् ।
    पवित्र स्थलको रूपमा ‘बागेश्वरी मातालाई लिइने हुँदा भारतको लखनउ देखि पनि पूजा गर्न आफूहरू यहाँ आउने गरेको श्रद्धालु भक्तजन शिव चतुर्वेदी बताउनु हुन्छ । चैते दसैँ एवम् रामनवमिमा पूजा गर्न स( परिवार सहित आउनु भएका चतुर्वेदी भन्नुहुन्छ,‘भारतीय भक्तजनमा पनि बागेश्वरी मन्दिरप्रति निकै ठुलो श्रद्धा छ त्यसैले हरेक वर्ष यहाँ नेपाली भक्तजन सहित भारतीय भक्तजनको त्यतिकै भिड लाग्ने गरेको बताउनु हुन्छ ।
    जिब्रो छेडाउनले बागेश्वरी माताबाट दैवी शक्ति प्राप्त हुने र विद्या सिद्धि हुने उनीहरूको विश्वास छ । मधेसी समुदायमा गुरुबा, धामी हुन चाहने व्यक्ति जिब्रो छेडाउने परम्परा छ ।
    भारत बरेली का रामेश्वर यादव पनि बागेश्वरी माताको पूजा गर्न आउनुभएको छ । उहाँले जिब्रो छेड्नकै लागि आउने गरेको बताउनुभयो ।
    चैते दसैँ अष्टमीका दिन बागेश्वरी मातालाई बली दिइएको छ भने नवमीका दिन बिहानै जिब्रो छेड्ने चलन छ । बागेश्वरी मन्दिरमा ५ सय बढी बोका, कुखुराको बली चढाइएका छन् । भाकल पूरा भएको भन्दै भक्तजनले बली दिने गरेको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।चैते दसैँमा भाकल गर्न यहाँ आउने भक्तजनको ओइरो लाग्छ । भारतका श्यामसुन्दर काँदुले हरेक वर्षको राम नवमीमा पूजा गर्न यहाँ आउने गरेको बताउनु भयो । यस्तै कोहलपुरका वीर बहादुर खत्री पनि स परिवार सहित यो वर्ष आफूहरूले गरेको भाकल पुरा गर्न बोको लिएर आएको बताउनु हुन्छ ।
    भक्तजनको पूजाका लागि बागेश्वरी मन्दिर गुठीले सुरक्षा व्यवस्था मिलाएको छ । महिला र पुरुषका लागि दुई लाइनमा उभिने लाइन बनाएको छ । पूजाका लागि आएका भक्तजनहरू मूल ढोकाबाट मन्दिर प्रवेशका लागि तछाडमझाड हुने गरेको छ । भिडलाई नियन्त्रण गर्न प्रहरी परिचालित गरिएका छन् । भीडका कारण सयौँ भक्तजनले मूल मन्दिरमा पूजा गर्न नपाएको गुनासो गर्दै आएका छन् । मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बागेश्वरी मन्दिर हिन्दु धर्मालम्बीहरुका लागि मुलुककै पवित्र स्थल मध्ये मै पर्ने बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology