(Wednesday 28th of October 2026)
`

बाल संरक्षणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 12.4K
    SHARES

    सगरमाथा गन्तव्य
    नेपालगन्ज, २ चैत
    प्लान नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा स१चालन गरिएको बालिका संरक्षण परियोजना अन्तर्गत बर्दियाको गुलरियामा आइतवार ‘बाल संरक्षणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । पत्रकार, स्थानीय तहका पदाधिकारी र सरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको सो कार्यक्रममा एकअर्काविच समन्वयमा सबैले जोड दिएका थिए ।
    कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरीले गुलरियामा बालबालिका सम्बन्धि थुप्रै समस्याहरु रहेको जनाउँदै ती सबै समस्या समाधानका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले बालबालिकाको संरक्षणका लागि यहाँ गरिने सबै प्रकारका गतिविधि र कार्यक्रममा नगरपालिकाले पूर्ण सहयोग गर्ने बताइन् ।सोही अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले पत्रकारलाई तथ्यांक पाउन निकै कठिनाई हुने भएकोले स्थानीय तहले आ आफ्नो वडा र पालिकाको तथ्यांक अपडेट गर्नुपर्नेमा जोड दिए । उनले तथ्यांककै आधारमा योजना र कार्यक्रम बनाइने भएकोले सही तथ्यांक नहुँदा कार्यक्रम पनि सही बन्न नसक्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धितालले बाल संरक्षणमा बर्दियाका सञ्चारकर्मी निकै गम्भीर र संवेदनशिल रहेको बताउनु भयो । सो अवसरमा बोल्दै महिला तथा बालबालिका कार्यालय बर्दियाकी प्रमुख शिला शाहले जिल्लामा महिला तथा बालबालिकाको अवस्था निकै दयनीय रहेकोले धेरै काम गर्नु पर्ने आवश्यकता औल्याइन् । उनले मिडियासंग समन्यव र सहकार्यमा जोड दिंदै महिनामा एक पटक बस्ने वातावरण बनाइने बताइन् । सो अवसरमा पत्रकारहरु विष्णु शर्मा, राकेश बस्याल, कमल पन्थी लगायतले पनि सहकार्य र समन्वयमा जोड दिएका थिए । कार्यक्रममा बाँके युनेस्को क्लबका सल्लाहकार सिराज खान, कार्यक्रम संयोजक सान्त कुमार चौधरी लगायतले पनि बाल संरक्षणका लागि गर्नु पर्ने कामहरुबारे जानकारी गराएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology