नेपालगन्ज : महाशिवरात्रीको अवसरमा शुक्रवार बाँकेको राँझा स्थित पशुपति मन्दिरमा विभिन्न कार्यक्रमको आयोजना गरि भव्य रुपमा शिवरात्री मनाईएको छ । पशुपति मन्दिर क्षेत्र विकास समितिद्धारा आयोजित महा शिवरात्रीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो । शिवरात्रीको अवसरमा विहानै मन्दिर परिसरबाट निकालिएको कलश यात्रा राँझाको विभिन्न स्थानको परिक्रमा गरि मन्दिरमा पुगी शिवको पुजा अराधना गरिएको थियो । विहानै देखि भक्तजनहरुको ठुलो संख्यामा भिड लागेको स्थानियले बताएका छन् । विहानै देशि पशुपति मन्दिरमा पुजा अराधना गर्न आउनेको भिड लागेको छ उहाँले भन्नुभयो ।
शिवरात्रीको अवसरमा मन्दिर समितिले पञ्चकन्या, पञ्चे बाजा, शिवध्वज सहितकलश यात्रा ¥याली, एक हजार आठ महामृत्यञ्जय मन्त्र सहितपुजा, हवन यज्ञ, शिवध्वज झण्डोत्तोलन, कर्ताहरुद्वारा रुद्राभिषेक, पुजा प्रसाद बितरण, भक्तजनबाट पुजा तथा हवन, सन्ध्याकालिन महाआरती, शिव ध्वनी, रात्री जाग्राम लगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको मन्दिर समितिले जनाएको छ । मन्दिरमा आएका भक्तजनहरुले देउडा खेल्ने लगायतका मनोरञ्जन गरिनुका साथै प्रसाद ग्रहण भण्डारा गरिएको थियो । हरेक बर्ष झै यसबर्ष पनि पशुपति मन्दिर परिसरमा विभिन्न कार्यक्रम गरि महाशिवरात्री मनाईएको हो ।
