(Wednesday 28th of October 2026)
`

कोरिया पुग्ने लक्ष्य मेरो टुट्यो एक छिनमा

  • सगरमाथा गन्तब्य
  • 25.4K
    SHARES
    • सुशान्त बि.सी. नेपालगन्ज, १८ बाँके
      कबिता
      कुरा हो पौष १३ मिती २०८०
      बिहान उठि तयार परे म हुँ एक परिक्षार्थी
      परिक्षा दिन तयार थिए सयौं बिद्यार्थी
      थाहा थिएन यति छिटै त्यागिने छ धर्ती
      रोजगारको लागि अघि बढ्ने म हुँ एक परिक्षार्थी
      बुझ्न सकिएन यो देशको राजनीति
      प्रहरीको झटारोले फुट्यो मेरो छाती
      बुवा तिमीसंगै आउदैछु म माथी
      हरेष नखाउ आमा दैबले पठाउने छन् साथी
      केही गर्ने आँट भएको म हु एक परिक्षार्थी
      गोली लागि मृत्यु भयो हजारौंको भिडमा
      बुवा तिम्रो आशा म¥यो त्यही एक क्षणमा
      उकाल्दै थिए तिमीलाई डुब्न लागेको ऋणमा
      तर बुझेन सरकारले कति पिडा थियो मनमा
      कोरिया पुग्ने लक्ष्य मेरो टुट्यो एक छिनमा
      गोली लागि मर्न पुगे शुक्रवारको दिनमा
      बज्रपात प¥यो आमा फेरी तिमी माथी
      खोसियो बुवा तिम्रो बुढेसकालको लाठी
      हेर्नेछु तिमलाई, हेर्नु तिमी पनि माथी
      मार्ने र मर्ने हाम्रो थियो एउटै जाती
      विदेशिन फेरी तयार छन् हजारौं बिद्यार्थी
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology