(Wednesday 28th of October 2026)
`

चिर्चित गायक कुलेन्द्रको बजोड प्रस्तुतीमा रमाए नेपालगन्ज महोत्सवका दर्शक

  • सगरमाथा गन्तब्य
  • 8.4K
    SHARES

    नेपालगन्ज : ख्याती प्राप्त गायक कुलेन्द्र बि.कले “मन परेरै हो कि सबलाई दिएउ हाथैमा मलाई सालको पातैमो” बोलको चर्चित गीतमा नेपालगन्ज महोत्सवका दर्शक रमाउदै झुमेका छन् । नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सवमा ख्याती प्राप्त गायक कुलेन्द्रले बिहीवार महोत्सवमा गाउंनुभएको चर्चित गीत “सालको पातको टपरी, मन परेरै हो कि सबलाई दिएउ हाथैमा मलाई सालको पातैमा” उकाली ओराली धाईयो माया पाइयो अरु त के चाहियो, तिमले आवस्थै गरदिनौ क्यारे मैले मात्र चाहेर क्या गरु, मिल्छ भने एक चोटी आउ सानु मेरो माया देखेर जाउ सानु, मख्खै पर्छी काली मलाई देखेर, जलजला इसराले नबोलाउ जलजला तिर्खाएको मन एतै अल्झेला,’ गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लाका साथ रमाएका थिए । गायक कुलेन्द्रको करिब एक दर्जन बढी चर्चित गीतमा बजोड प्रस्तुती रहेको थियो । गायक कुलेन्द्रको एक पछि एक चर्चित गीतहरुले नेपालगन्ज महोत्सवका दर्शकहरु झसमक्क रात पर्दा सम्म महोत्सव स्थलमा बस्न बाध्य भएका थिए । यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवको माहोललाई अझं थप रोमाञ्चक बनाउन बागेश्वरी डान्स ग्रुपले बजोड प्रस्तुती दिएको थियो ।


    यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, सोनी डान्सको कला प्रस्तुती रहने आयोजक ए.जि. सर्भिस प्रा.लि.का संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीरहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र मोडल बिजय पुनले संचालन गरेका थिए । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित गायक रमेशराज भट्टराई, गायीका सृजना खत्री, गायिका रुपा घर्ती मगर, गायिका शान्ति सुनारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology