(Wednesday 28th of October 2026)
`

बिराज भट्टको प्रस्तुतीमा खुलेरै रमाए नेपालगन्ज महोत्सवका दर्शक

  • सगरमाथा गन्तब्य
  • 8.1K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित नायक बिराज भट्टको ‘ईश्वरले नै ठगेको मान्छेलाई समाजका धनी र बुद्धिजिबीले समेतले किन ठग्छन्’ बोलको डाइलोग बोल्दा नेपालगन्जका दर्शक खुलेरै रमाउएका छन् । सोमवार नेपालगन्जको महोत्सवमा चर्चित नायक बिराज भट्टको ‘ईश्वरले नै ठगेको मान्छेलाई समाजका धनी र बुद्धिजिबीले समेतले किन ठग्छन्’ बोलको डाइलोग बोल्दा नेपालगन्जका दर्शक रमाउएका हुन् । महोत्सवमा बिराजले रोसनी तिम्ले म बाहेक अरु कसैको हातबाट सियंदो र∙ाएउ भने म तिम्रो सिउदोनै मेटाई दिन्छु, भगवानको लिला पनि अचम्म छ, मलाई समात्न कठिन मात्रै होईन असम्भव छ’ डाईलग लगायत चरी काफल टिप्यो खानलाई हो की खुवाउन गीतमा डान्स समेत प्रस्तुत गर्नुभएको थियो । बिराजको सबै प्रस्तुतीमा नेपालगन्जका महोत्सबका दर्शक खुलेरै रमाएका थिए ।


    यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र बर्षा पाण्डेले गर्नुभएको थियो । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित कलाकार समिक्षा अधिकारी, मोडल बिजय पुन लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology