(Wednesday 28th of October 2026)
`

रामजी खांडको गितमा रमाए नेपालगन्जका दर्शक

  • सगरमाथा गन्तब्य
  • 8.4K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित गायक रामजी खांडको गीतमा नेपालगन्जका दर्शक रमाएका छन् । शनिवार नेपालगन्जको महोत्सवमा रामजीले गाउनुभएको चर्चित गीत टाढाको बाटो म घुम्दै आको मायालाई देखेर बोलको गित गाउंदा दर्शकहरु झन धेरै रमाएका हुन् । उहांले गाउभएको पानको पात छ है, मेरो मन त कता छ, तिमी तिर छ,  तिम्रा आंखा लोभी रैछ, मन परेको मान्छेको त दिलमा लेखिन्छ, हल्का हल्का लाएको दामी देखिन्छ, मोहनी मन्तरले अमिलो रसैले सानु कि मायालो मोहनी मायाले बाधु कि मायालाई, जाम भन्यो लाहुरेले जामकी नजाम आमा, फुल फुलेर पयालै भयो , वनैमा फुल बसायो मायाले नबोली न बोली फसायो, एक एक जोडे दुई हुन्छ, छल छल पानी गाघ्रीमा लगायतका गीतहरु गाउदा दर्शकहरु चिच्याउदै हो¬ हल्लाका साथ रमाएका थिए ।


    यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल,नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र बर्षा पाण्डेले गर्नुभएको थियो । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित कलाकार प्रिती आले, बसन्त लम्साल, लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology