(Wednesday 28th of October 2026)
`

कोरोना भाइरसका कारण नेपालगन्ज सिमानाकाबाट आवतजावतमा कमि

  • सगरमाथा गन्तब्य
  • 11.8K
    SHARES

    सगरमाथा गन्तव्य/ नेपालगन्ज ०२ चैत्र

    देशभर चर्चामा रहेको कोरोना भाइरसका कारण नेपाल भारत सिमानाकामा आवतजावतमा कमि देखिएको छ । भारतमा पनि कोरोना भाइरस देखिएपछि नेपाल भारत सिमा नाका जमुनाहामा नेपाली तथा भारतिय नागरिकहरुको आवतजावतमा समेत कमि देखिएको हो । नेपाल भारत सिमानाकाका चारवटा सिमानाकाबाट तेश्रो मुलुकका नागरिकलाई भारतले रोक लगाएको छ । नेपालका ४ वटा नाकामात्र खुल्ला गरिने गरि अन्य नाकाबाट तेश्रो मुलुकका नागरिकलाई पुर्ण रुपमा आवतजावतमा रोक लगाइएको एक सुरक्षा अधिकारीले जानकारी गराउनुभयो । नेपालगन्ज भन्सार नाका हुँदै नेपाल भारतका नागरिकलाई पनि असर परेको छ । पहिले पहिले दैनिक हजारौको संख्यामा आवतजावत गरिने नागरिक अहिले ह्वात्तै घटेका छन जमुनाहा इलाका प्रहरी कार्यालयका इन्न्चार्ज माधव प्रसाद रिजालले भन्नुभयो । विशेष काम बाहेक अन्य नागरिक भारतको रुपैडिहा बजारमा किनमेलका लागि पनि जान छोडेको उहाँले जानकारी गराउनुभयो । अहिले दैनिक १५ सय देखि २ हजारसम्म नागरिक नेपाल भारत आवतजावत गर्ने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

    कोरोना भाइरलका कारण नेपाल भारत दैनिक उपभोग्यवस्तु किनमेलका लागि जाने नागरिकहरुको पनि आवतजावत ५० प्रतिशत घटेको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहकार्यमा नेपालगन्ज भन्सार नाकामा राखिएको हेल्प डेस्कमा भारतबाट आउने नागरिकको चेकजाँच गराउनमा सघाउँदै आएको उहाँले जानकारी गराउनुभयो । नेपालगन्ज भन्सार नाका अहिले बन्द भयो भन्ने हल्लामात्र भएको समेत उहाँले जानकारी गराउनुभयो । यस्तै नेपाल र भारत सीमानाका जमुनाह नाकामा राखिएको कोरोना भाइरस हेल्थ डेस्कको चेकजाँच फितलो देखिएको छ । भारत भएर नेपाल प्रवेश गर्ने व्यक्तिहरुको चेकजाँच भद्रगोल तथा अस्तव्यस्त हुँदै आएको छ । जमुनाह नाकामा सवारी तथा पैदल यात्रुहरुलाई आवत जावत गर्नका लागि सडकमा तीन वटा लेन बनाइएको छ । जसमध्ये पुर्वतिरको लेन नेपालतर्फबाट भारत जाने यात्रु तथा सवारी साधनको लागि छुट्याइएको छ । बिचको लेन र पश्चिमतर्फको लेन गरी दुइटा लेनबाट भारततर्फबाट नेपाल प्रवेश गर्ने यात्रु र सवारी साधनको लागि छुट्टयाइएको छ । भारत तर्फको बोर्डर बिहान ६ बजे र नेपालको बिहान ७ बजे खुलेर राती १० बजे बन्द हुने जमुनाह प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक रिजाल बताउँनुहुन्छ । हेल्थ डेस्कका स्वास्थ्यकर्मीले भने बिहान ७ बजेदेखी बेलुका ७ बजेसम्म मात्र त्यहाँ बसेर चेकजाँच गर्ने गरेका छन् । बेलुका ७ बजेपछि १० बजेसम्म नेपाल भित्रिने यात्रुहरु चेकजाँचबाट बञ्चित भएको उहाँले बताउनुभयो । उपमहानगरपालिका स्वास्थ्य शाखाले भारत तथा भारत भएर नेपाल भित्रिने तेश्रो मुलुकका यात्रुहरुको स्वास्थ्य चेकजाँच गर्ने उद्देश्यले बिगत केही दिनदेखी जमुनाह नाका र नेपालगन्ज एयरपोर्टमा हेल्थ डेस्कको स्थापना गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology