नेपालगन्ज : पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम २०८० बर्दियाको बरदिया गाउँमा हुने भएको छ । राष्ट्रिय थारु कलाकार मञ्च बर्दियाको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको सहयोगमा यही असोज २६ र २७ गते पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको हो । आदिबासी जनजाती कलाकारहरुलाई एउटै चौतारी राष्ट्रिय थारु कलाकार मञ्चमा आबद्ध गराउने उद्देश्यका साथ बर्दियाको बरदिया गाउँमा ४० बढि कलकारहरुको सहभागितामा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको राष्ट्रिय थारु कलकार मञ्च बर्दियाका अध्यक्ष प्रदेशी थारु (दर्पण कुशुम्या) ले आज पत्रकार सम्मेलन गरि जानकारी गराउनुभएको छ ।
कला र संस्कृतिको विकास गर्ने हेतुले कला क्षेत्रमा कार्य गर्ने, अन्य संघ संस्थाहरुसंग सहकार्य गर्ने, यस क्षेत्रको संरक्षण तथा संम्बद्धनको लागी क्रियासिल रहने लक्ष्य रहेको अध्यक्ष प्रदेशीले बताउनुभयो । आदिवासी जनजातीहरुको प्राचिन भाषा, भेषभुषा, कला र संस्कृतिको सम्बद्धन गर्ने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय कला संस्कृतिसंग जोड्नको लागी भुमिका खेल्ने उद्देश्यका साथ गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाका ६० बढि पौराणिक लोक नृत्य प्रतियोगिता गराउने उहाँले जानकारी गराउनुभयो । १६ वटा टिम दर्ता भैसकेका छन् अझै प्रचारप्रसारलाई तिव्रता दिएका छौं अध्यक्ष प्रदेशीले भन्नुभयो । हरेक गाउँको फरक फरक नाच प्रस्तुत गराउन हाम्रो टिम गाउँ गाउँमा पुगेका छन र प्रचारप्रसार गर्दै आएको उहाँले बताउनुभयो ।
हरेक नाच टिममा पौराणिक लोक झल्कने भेषभुषा तथा नृत्य प्रस्तुत गर्न पाउने र टिममा १० जना भन्दा बढिले आफ्नो कला प्रस्तुत गर्न पाउने आयोजकले जनाएको छ । कला संस्कृतिलाई संरक्षण तथा सम्बद्र्धनमा टेवा पु¥याएका १५ जना कलाकारलाई सम्मानित गर्ने भएको छ यस्तै कला क्षेत्रमा कलम चलाउने बाँके बर्दियाका १० जना पत्रकार र १० वटा संघ संस्थालाई समेत सम्मानित गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ३ वटा उत्कृष्ट टिमलाई नगद सहित सम्मान गर्ने र हरेक टिमलाई प्रोत्साहन स्वरुप प्रसंसापत्र प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
