(Wednesday 28th of October 2026)
`

नेपालगन्ज ४ का शाही व्यक्तिगत लगानीमा राहत वितरण गर्दै

  • सगरमाथा गन्तब्य
  • 14.9K
    SHARES

    मो.मोहसीन हल्वाई (समिर), नेपालगन्ज २० बैशाख- नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का स्थानियवासी विशाल बहादुर शाहीले व्यक्तिगत लगानीमा राहत वितरण गर्दै आउनुभएको छ । विश्वभर कोरोनाको संक्रमण फैलिरहेको बेला नेपालमा पनि यसको संक्रमण देखा परेको छ । कोरोना भाइरसको संक्रमण नेपालमा देखा परेसंगै नेपाल सरकारले चैत्र ११ गतेदेखी नेपालभर लकडाउनको घोषणा गरेको अवस्था छ । विभिन्न जिल्लामा गरि हालसम्म नेपालमा ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको नेपाल सरकारले जनाएको छ । यही संक्रमणको घडिमा आपत विपद्मा परेका अति विपन्न परिवार, अपाङग, एकल महिला, बालवालिका, विद्यार्थीलाई नेपालगन्ज ४ का विशाल बहादुर शाहीले आफ्नो व्यक्तिगत लगानीमा राहत वितरण गर्दै आउनुभएको छ ।


    “आमा बुवाको चाहना” भन्ने मुल नाराको साथ शाहीले १ सय ७० बोरा चामल, २० पेटी तेल, १० पेटी चाउचाउ, २० पेटी साबुन नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राँझा लगायतका क्षेत्रमा राहत वितरण गरिएको उहाँले जानकारी गराउनुभयो । यस्तै विशालले लकडाउनका समस्यामा परेका व्यक्तिलाई करिव १०००० बराबरको रिचार्ज ट्रान्सफर गरिने जानकारी गराउनुभएको छ । उहाँलाई ऐमी स्नुकर हाऊस सेन्टर नेपालगन्ज र स्मृति साइबर कम्युनिकेशन नेपालगन्जले सहकार्य गर्दै आएको उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology