काठमाडौं । “मुसुक्क मिठो हाँसो मायाको” लोक गीत सार्वजनिक भएको छ । नेपाली लोक सांगीतिक क्षेत्रमा पहिलो पाइला चालेका नव गायक÷सर्जक निराजन देवकोटाको लोकदोहोरी गीत ’मुसुक्क मिठो हाँसो मायाको‘’ युट्युव मार्फत सार्वजनिक भएको हो ।
किष्ट मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल ललितपुरमा एमबिबिएस अध्ययरत उनी गीत संगीतप्रती पनि विशेष रुचि राख्ने गर्छन् । गित रिलिजसगैँ चर्चाको शिखरमा समेत पुगेको छ ।
गितमा लोकप्रिय गायिका समिक्षा अधिकारी र गायक निराजन देवकोटाको आवाज रहेको छ भने देवकोटाकै लय तथा शब्दमा गित तयार भएको छ । उक्त गीतलाई निराजन देवकोटा नामक युटुब च्यानल मार्फत आइतबार गित रिलिज गरिएको हो । गितको भिडियोमा लोमश शर्मा र अस्मिता रणपालको अभिनय रहेको छ ।
वरिष्ठ म्युजिक भिडियो निर्देशक कुमार केसीद्वारा निर्देशित भिडियोको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् । एक प्रेमिल जोडीले एक आपसमा मुस्कानलाई प्रतीक मान्दै प्रसंसा गरेको भावलाई रमाईलो किसिमले सर्जक देवकोटाले गीतमा प्रस्तुत गरेका छन् ।
