(Wednesday 28th of October 2026)
`

माल्दिभ्समा पनि मनाए नेपाली दिदीवहिनीहरुले तिजको दर खाने कार्यक्रम

  • सगरमाथा गन्तब्य
  • 8.5K
    SHARES

    नेपालगन्ज : हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको शुभ अवसरमा विदेशमा पनि दर खाने कार्यक्रम धमाधम भएको छ । माल्दिभ्सको एक शहरमा नेपाली दिदी वहिनीहरुले तिजको दर खाने कार्यक्रम भव्य रुपमा मनाएका छन् ।
    नेपाली महिलाहरु एकजुट भएर उनिहरुले एक आपसमा दुखसुखका कुरा गर्दै तिजका भाकामा छमछमी नाचेर दर खाने कार्यक्रम गरेका हुन् । नेपालमा जन्मथलो भएर पनि कर्मथलो माल्दिभ्समा बनाएका सम्पुर्ण नेपाली दिदीवहिनीहरुले हरेक बर्ष तिजको दर खाने कार्यक्रमका साथै तिजको कार्यक्रमहरु आयोजना गर्ने गरेको माल्दिभ्समा कर्मथलो बनाएर्का समाजसेवी जिएस पौडेलले बताउनुभयो । हरेक नेपाली चाडपर्व हामी नेपालीबासी विदेशमा भएपनि सम्झना स्वरुप पर्वलाई संस्कृतिको रुपमा मनाउने गरेको अर्का समाजसेवी टंक पौडेलले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology