नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नं. ९ हवलदारपुर स्थित रहेको कौशल्या मेमोरियल हस्पिटलमा राधा कृष्णको मुर्ती स्थापना गरिएको छ । श्रीकृष्ण जन्मअष्टमीको शुभ अवसरमा बुधवार हस्पिटलमा राधाकृष्णको मुर्ती स्थापना गरिएको हो । मुर्ती स्थापना भएपछि स्थानियको पुजाआजा गर्नेको भिड लागेको अस्पताल प्रशासनले जनाएको छ । राधा कृष्णको मुर्ती हस्पिटल परिसरमा रहेको मन्दिरमा मुर्ती स्थापना गरि पुजाआजा गरि प्रसाद ग्रहण गरिएको थियो । स्थानिय पण्डितका अनुसार आजको दिन विशेष रहेको हुनाले मुर्ती स्थापना गर्नु अति उत्तम साईत रहेको उहाँले बताउनुभयो । हस्पिटलमा विरामी, कुरुवा, स्थानियवासी, पत्रकार लगायतले पुजाआजा गरेका थिए । हस्पिटलले विरामी स्याहार सुसारमा गुणस्तरियता दिएको हुनाले जनताको मन जित्न सफल भएको छ । हस्पिटलमा हरेक प्रकारको उपचार विशेषज्ञ डाक्टरद्धारा गरिने भएको हुनाले गुणस्तरमा कुनै कमि र गुनासो नआएको हस्पिटलका प्रबन्ध निर्देशक चन्द्र बहादुर महतोले बताउनुभयो ।



