(Wednesday 28th of October 2026)
`

प्रथम खजुरा तिज महोत्सवको सचिवालय उद्घाटन, नृत्य प्रतियोगिता गरिने

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    नेपालगन्ज : बाँकेको खजुरामा क्रियासिल आदर्श युवा सञ्जालको आयोजनामा हुन लागिरहेको प्रथम खजुरा तिज महोत्सव तथा सांस्कृतिक कार्यक्रमको सचिवालय स्थापना गरिएको छ । खजुरा एक नम्बर बजारमा तिजको दिनमा आयोजना गरिने महोत्सव सचिवालयको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले उद्घाटन गरे । आदर्श युवा सञ्जालको मुख्य आयोजना र अन्य स्थानिय क्लवहरु न्यु डाँफे स्पोर्टस क्लव, बागमति स्पोर्टस क्लव, हिमालय सामुदायिक क्लव, न्यु दर्पण युवा क्लवको सह आयोजनामा हुन गैरहेको तिज महोत्सवलाई पालिकाको महत्वपुर्ण सहयोग रहने सचिवालय पछि उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विकले प्रतिवद्धता व्यक्त गरे । तिज महोत्सव तथा सांस्कृतिक कार्यक्रममा सामुहिक र एकल तिज न्यृत्य प्रतियोगिता मुख्य आर्कषणका रुपमा रहेको सञ्जालका अध्यक्ष तथा महोत्सव संचालन समितिका संयोजक कल्पना तामाङ्ले जानकारी दिइन ।

    सामुहिक तिज न्यृत्य प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार नगद पुरस्कार पाउने छन । त्यस्तै दोश्रो हुने टिमले १५ हजार, तेश्रो हुने टिमले १० हजार र सान्तावना हुने टिमले नगद ५ हजार पाउने सास्कृतिक उप समितिका संयोजक खगेन्द्र दाहालले जानकारी दिए । एकल तिज गित न्यृत्य प्रतियोगिताका विजयिहरुका लागि आर्कषक पुरस्कारको व्यवस्था गरिएको सञ्जालका उपाध्यक्ष तथा सास्कृतिक उप समितिका संयोजक दाहालले बताए । सञ्जालले तिज महोत्सवमा रमाइलो मात्र नभएर महिला दिदिबहिनीहरुका लागी निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने तयारी गरेको सचिव सुवास निरौलाले जानकारी दिए ।

    तिज महोत्सवको पुर्व तयारी सचिवालयको उद्घाटन संगै तिव्र रुपमा भैरहेको सचिव निरौलाले उल्लेख गरे । तिज महोत्सवको मुख्य उदेश्य रमाइलो मात्र नभएर सामाजिक सेवा र युवा विचको एकता रहेको सञ्जालका अध्यक्ष तामाङ्ले बताइन । महोत्सव लाई सफल बनाउन आर्थिक पाटो अति आवश्यक रहेकोले सबैले सहयोग गर्न समितिले अपिल समेत गरेको छ । सामुहिक पुरस्कारको लागी अमेरिकामा हाल रहने खजुरा गाउँपालिका ४ डि गाउँका समाजसेवी लिल बहादुर थापाले सहयोग पठाउनुहुने भएको आर्थिक संकलन उप समितिका संयोजक भरत जैसीले जानकारी दिए । स्वास्थ्य शिविरका लागि पनि अष्ट्रेलियामा बस्नुहुने नेपालीहरुले सहयोग पठाउन लागेको आर्थिक संयोजक जैसीले बताए । खजुराको एक नम्बरमा हुने तिज महोत्सवलाई ५ हजार बढि दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवको उद्घाटन समारोहमा नैमति बाजा बजाएर सुरुवात गरिने गरि तयारी भैरहेको सास्कृतिक उप समितिका संयोजक खगेन्द्र दाहालले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology