नेपालगन्ज : पछिल्लो समय नेपालमा सोसियल अवार्डनेस दिने खालका सर्ट फिल्म बनाउने क्रम बढ्दै गएको छ । यस्तै नेपाली सर्ट फिल्म “भुपू माया” युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ । नेपाली भाषामा आधारित नेपाली सर्ट फिल्म “भुपू माया” एसके मिडीयाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भइसकेको फिल्मका डाइरेक्टर एवं इडिटर कुन्दन चन्द बताउनुभएको छ । आजको युवा पुस्ताले आफ्नो प्रेम सम्बन्धमा खटपट हुने बित्तिकै पूर्ब प्रेमको नकरात्मक आलोचना गर्ने खालका कथालाई चिर्दै कोहलपुर कला केन्द्रको प्रस्तुतिमा बिल्कुलै नयाँ कथा बस्तुमा आधारित (भुपु माया) सर्ट फिल्म युट्युब मार्फत सार्वजनिक भएको छ । यस सर्ट फिल्ममा प्रेम सम्बन्ध तोडिए पनि एक एर्कालाई कसरी सम्मान गर्नुपर्छ भन्ने कुरालाई दर्साएको फिल्मका डाइरेक्टर एवं इडिटर कुन्दन चन्दले बताउनुभयो । भुपु मायामा पुर्ब प्रेमी, प्रेमीकाले आफु पुनः प्रेम सम्बन्धमा नरहेता पनि एक एर्कालाई गरिने सम्मान र व्यवहारलाई यस फिल्म मार्फत पस्किएको हुनाले युवा पुस्ताले यो सर्ट फिल्म हेर्न आवश्यक रहेको उहाँले बताउनुभयो । बाँके कोहलपुरको रमणिय स्थानमा छायाङकन भएको सर्ट फिल्म “भुपु माया” ले नेपाली समाजमा सन्देश जाने कुरामा आफु बिश्वस्त रहेको उहाँको भनाई छ ।
मुख्य कलाकार कन्दन चन्द, श्रृष्टि परियार, कथाका लेखक धन बहादुर बोहरा, छायाङकनमा बिष्णु विक “भुपू माया” नेपाली सर्ट फिल्मको डाइरेक्टर एवं इडिटर कुन्दन चन्दको रहेको छ । भने फिल्मको प्रोडक्सर कोहलपुर कला केन्द्रको रहेको छ ।
https://www.youtube.com/watch?v=d-XbUnIvDKw
