नेपालगन्ज : बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्गको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा विशिष्ट अतिथि नेपाल स्ट्रेन्थलिफ्टिङ्ग महासंघका केन्द्रीय सदस्य सन्तोष काजि शाक्य र प्रमुख अतिथिमा नेपालगञ्ज उप–महानगरपालिका मेयर प्रशान्त बिष्ट रहनु भएको थियो । कार्यसमिति अध्यक्ष बिनि टण्डनको अध्यक्षतामा गठन भएको कार्यसमितिमा उपाध्यक्ष सौरभ कर्मचार्य, सचिव चन्द्र सेखर थापा, सह–सचिव यन्थस के सि, कोषाध्यक्ष हेमन्त शाक्य, सदस्यहरुमा रोजि बोस, किरण कुमार श्रेष्ठ, अजय श्रेष्ठ अमृत राना, आयुष शाह, पंकज आले,पुनम कुमारी बिक, लक्ष्मण कुमार वैश्य, कानुनी सल्लाहकार अधिवक्ता पवन कुमार गुप्ता, सल्लाहकार डा. सन्दिप गुरुङ, वरिष्ठ सल्लाहकार लक्ष्मण के सि सर्व सहमतिले चयन हुनु भएको छ । तथा उक्त कार्यक्रममा लक्ष्मण के.सि तथा प्रज्वल श्रेष्ठको आतिथ्यता समेत रहेको थियो ।

