नेपालगन्ज : नेपालगन्जको सदरलाइनमा आज व्यापारीमाथि दिउँसै आक्रमण भएको छ । स्थानिय एक व्यापारीलाई एक हुल आएको युवाहरुले एक्कासी आक्रमण गर्दा स्थानिय व्यापारी र युवा विच झडप भएको हो । नेपालगन्ज सदरलाइन नजिक रहेको एक पसलमा एक हुल आएका युवाले पसलमा तोडफोड गरेका थिए । हातमा फलामका रड र लाठ्ठी लिएर आएका युवाहरुले व्यापारीलाई एक्कासी हमला गरेका थिए । अन्धाधुन्दा लाठी र राड प्रहारले व्यापारी र स्थानियलाई समेत चोटपटक लागेको थियो । पहिलो पटक आक्रमण गरेर गएका युवाहरुले पुनः दोश्रो पटक आक्रमण गरेपछि स्थानिय व्यापारी र युवाहरु मिलेर केही युवाहरुलाई समातेर कुटपिट गरेका छन् । यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठौरसंग बुझन खोज्दा थाहा नभएको जानकारी गराउनुभयो ।
