नेपालगन्ज : टाटा कम्पनीको ‘नेक्सन इभी म्याक्स’ विद्युतीय कार बजारमा आएको छ । बिहीवार नेपालगन्जमा रुद्रप्रिया इन्टरनेशनल प्रालिले टाटा मोटर्सको नेक्सन इभी म्याक्स कारको एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।
बढ्दो पेट्रोलियम पदार्थलाई मध्यनजर गर्दै यातायात क्षेत्रलाई विद्युतीकरण गर्ने आफ्नो उद्देश्यका साथ टाटा मोटर्सले नेक्सन इभी म्याक्सको नेपालगन्जमा विक्री वितरण शुभारम्भ गरेको रुद्रप्रिया इन्टरनेशनर प्रा.लि.ले जनाएको छ । नेपालमा बारम्बार हुने पेट्रोलियम समस्यालाई मध्यनजर गरि बजारमा ल्याएको नेक्सन इभी ४६ लाख ४९ हजार मुल्य पर्ने कम्पनीले जनाएको छ ।
उक्त गाडीमा ७.२ किलोवाटको चार्जको व्यवस्था गरिएको रुद्रप्रियाका प्रोडक्ट म्यानेजर निर्मल खत्रीले बताउनुभयो । उत्कृष्ट एवं दिगो “मोबिलिटी” मा विश्वास राख्ने ग्राहकहरूलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाइ पु¥याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

उहाँको अनुसार उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी तीन वटा आकर्षक रङ्गहरूमा उपलब्ध छ । ४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथियम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरू भन्दा ३३ प्रतिशतले बढी छ । ‘यस कारणले यो गाडीले विना कुनै झन्झट एक पटक चार्ज गरेपछि ४ सय ५३ किलोमिटर लामो रेन्जको यात्रा गर्ने उहाँले बताउनुभयो । “यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा आफुलाई जहाँ सहज हुन्छ तेही जडान गर्न सकिन्छ । जसले साढे ६ घण्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जको माध्यमबाट केवल १ घण्टामा १ सय प्रतिशतसम्म चार्ज हुन्छ ।” प्रोडक्ट म्यानेजर खत्रीले जानकारी गराउनुभयो ।
कार सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख अतिथी तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मनसुरी, महासचिब चिरिञ्जबी ओली, कोषाध्यक्ष हरिलाल न्यौपाने, सदस्य भिम रानाभाट, व्यवसायी, सेवाग्राही लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

