(Wednesday 28th of October 2026)
`

संर्घषले सफलताको उडान भरेका मुक्त कमलरीको कथा

  • सगरमाथा गन्तब्य
  • 12.2K
    SHARES

    आशा परियार – नेपालगन्ज : दिलकुमारी चौधरीसंग बाड्नुपर्ने सफलताको जति खुशी छन्, सुनाउनुपर्ने त्यत्तिकै दुःखका कथा, व्यथा पनि छन् । बाल्यकालका खुसी र सुन्दर दिन उहाँ जमिनदारको घरमा दास सरह भएर बस्नुभयो । जमिनदारको घरमा निकै कष्टकर जिवन बिताउनुभएको दिलकुमारीले त्यही दासता, कमैया विरुद्धको चर्को लडाइँ लड्नुभयो । समग्र मुक्त कमलरी विरुद्धको आन्दोलनको नेतृत्वको अग्रपंक्तिमा रहँदै आफूसँगै हजारौको अगुवाई गर्नुभयो । मुक्ति पश्चात् दिलकुमारीले सफलताको उडान भर्नुभयो । कुनै समय जमिनदारको घरमा कमलरी बस्नुभएको दिलकुमारीको जिवनको परिचय फेरिएको छ ।
    बाँकेको राप्तीसोनारी ३ को दिलकुमारी आज जहाँ हुनुहुन्छ त्यसपछि विगतलाई फर्केर हेर्नुपरेन । जमिनदारको घरमा कमलरी बस्दाको कहालीलाग्दो दिनहरु सम्झँदा आफ्नै जीवनमा यति ठूलो परिवर्तन आउला भन्ने सोचेकोसम्म थिएन दिलकुमारीले भन्नुभयो । उहाँ भन्नुहुन्छ “ आफुले जीवनमा कल्पना समेत नगरेको भयो ।” अवोद्य बाल्यकालमा कमलरी बस्दा आफुले भोग्नु परेको पिडाले भरिएको कथा सुनाउँदै विगततर्फ धकेल्नुभयो ।
    यसरीभयो उहाँको कमलरीका दिन शुरु
    बिपन्न परिवारमा जन्म भयो । ७ वर्षको कलिलो उमेर । स्कूल जाने रहर सपनाको रहर बुनेर बस्नुहुन्थ्यो दिलकुमारी । “अरू जस्तै म पनि स्कूल जान पाए” बाल्यकालको सुन्दर भविष्यको सपना देख्दै बुबालाई भन्नुहुन्थो “बाबा मै स्कुल कबसे जईम ।” जमिनदारको घरमा बटैया (अधिया) अन्नबाली लगाएर आफ्नो र परिवारको भोको पेट भर्ने उहाँको बुबा निशब्द भएर अर्कै तिर कुरा मोड्दिनु हुन्थ्यो । भोको पेट भर्ने एकमात्र आयश्रोत भनेकै जमिनदारको जमिन थियो । उनै जमिनदारको खेतीबाली स्याहारे मात्र खान पाईन्थ्यो । जमिनमा बटैया (अधिया) अन्नबाली लगाए बापत जमिनदारले छोरीलाई कमलरी पठाउन भनेपछि एकदिन बुवाले दिलकुमारीलाई सम्झाउन थाल्नुभयो । (छाई मै तुहीन जिमन्दारुवाक घरे पठाईटु । छाई तुहीन हाम्ररे पराई लेखाई नाईसेकब जिमन्दरुवाके बात मनबेतो परादेहथ की ?) छोरी म तिमीलाई पढाउन लेखाउन सक्दिन । त्यसैले पढ्ने, लेख्ने र स्कूल जाने सपना नदेख्नू । यदी जमिन्दारले भनेको मानेउ र जमिन्दारलाई खुसी बनायो भने जमिनदारले स्कुल पठाई पो दिन्छन् की ? ७ बर्षिय अबोद्य बालिका दिलकुमारीलाई बुबाले के भन्न खोजेको हो भन्ने कलिलो दिमागले बुझ्नै सकेन । जमिनदारलाई खुसी बनाएपछि स्कुल पढ्न पाईन्छ भन्ने सपना बुनेर नेपालगन्ज छिर्नुभएको दिलकुमारीले त्यसपछि जे भोग्नुभयो, त्यो एउटा कुनै नर्ग भन्दा कम थिएन । जसलाई कमलरी प्रथा (कमैया प्रथा) भनिन्थ्यो । जुन प्रथामा थारू समुदायका बालिका तथा किशोरी परिवारको ऋण तिर्न जमिनदार र साहुको घरमा कमैया बस्नु पथ्र्याे ।
    बुबाले जमिनमा बटैया (अधिया) अन्नबाली लगाए बापत ऋण तिर्न उहाँ नेपालगन्ज कमलरी बस्न जानुभयो । पहिलो पटक कमलरी बस्दा उहाँ ७ वर्षको हुनुहुन्थ्यो । त्यस दिन अपरिचत व्यक्तिको घरमा बुबाले एक्लै छाडेर हिंड्न लाग्दा उहाँ खूब रुनु, कराउनुभयो । आफूसँगै घर लैजान भनेर अनुरोध गर्नुभयो । छोरीको अवस्था देखेर दिलकुमारीको बुबा पनि रुनुभयो तर भोको पेटको अगाडी कस्को के लाग्थ्यो र । दिलकुमारीले धेरै अनुरोध गर्दा पनि बुबाले आफूसँग घर लैजान सक्नुभएन् । “जमिनदारको जमिनमा लगाउने बटैया (अधिया) अन्नबालीको सट्टामा बुबाले मलाई जमिनदारकोमा कमलरी बसाउनुभएको रहेछ ।”
    जमिनदारको घरको सबै काम उहाँले गर्नुपथ्र्योे । “७ बर्षिय अबोद्य बालिका राम्रोसंग काम गर्न नआउने । काम बिग्रँदा पनि धेरै गाली खानुपथ्र्यो । कुकुरलाई खुवाउने चामलको भात खान पथ्र्यो । कुकुरलाई सुत्ने ठाउँमा सुत्नु पथ्र्यो । जब–जब कुनै काम बिग्रन्थ्यो बेसरी पिटाई खान्थे । जति काम गर्दा पनि पेटभरि खान नपाउने । कति रात खाना नपाएर भोकै पनि सुत्नुपथ्र्यो । बारम्बार डाईरिया भएर छटपटाउथ्ये तर उपचार भने पाउँथिएन ।” स्कुल जाने सपना बुनेर जमिनदारको घरमा आएको दिलकुमारीलाई मालिकको व्यवहारले पढ्ने इच्छालाई मनभित्र दबाएर राख्न बाध्य बनायो । बुबालाई घर फर्किन्छु लिन आउनु भन्दा आउनु हुन्थिएन । गाउँकै एक जना व्यक्तिको सहयोगमा त्यहाँबाट भागेर घर आउनुभयो । घर आउन नपाउँदै बुबाले उहाँलाई फेरि नेपालगन्ज दोस्रो पटक कमलरी बन्न नेपालगन्जका अर्को जमिनदारको घरमा छाडेर जानुभयो । नर्गबाट बचे भन्ने सोच्नुभएकोे दिलकुमारी फेरी अर्को ठाउँमा नरकिय जिवन बिताउन पुग्नुभयो । त्यहाँ पनि उहाँको दुःख सकिएन । झन् थपियो । सुखी मनले खान नपाउने । त्यसमाथि शारिरिक, मानसिक यातना र भोग्नुपर्ने । घरको सारा काम सिध्याएर उहाँ गैरसरकारी संस्था (बेस नेपाल) को सहयोगमा बिहानी क्लासबाट अनौपचारिक शिक्षा लिन थाल्नुभयो । पहिलो पटक दिलकुमारीले मनमा दबाएर राखेको सपना साकार भएको महसुस गर्दै किताब र कापी समाउन पुग्नुभयो । सबैको अनुरोधपछि साहुले सरकारी बिद्यालय फुल्टेक्रामा भर्ना गरिदिनुभयो ।

    उहाँको पढाई राम्रो रहेकोले बिद्यालयले सिधै कक्षा ६ मा भर्ना गरिदियो । बेस नेपालको सहारामा उहाँले कक्षा ९ सम्मको अध्ययन गर्नुभयो । साहुको छोराछोरीले लेखेर फालेका कपिलाई धोएर र फालेको पेन्सिलले अध्ययनलाई निरन्तरता दिदै कक्षा ९ को परिक्षा पनि दिएर उत्र्तिण गर्नुभयो । जसो तसो गरेर दिलकुमारीले त्यहाँ ३ बर्ष कष्टकरमय जिवन बिताएर त्यहाँबाट भाग्नुभयो । जति पटक भागे पनि के लाग्थ्यो र । अब त दिलकुमारी झँन ११ बर्षको हुनुभयो । परिवारमा आर्थिक अभाव । तेस्रो पटक पनि बुबाले काठमाण्डौमा एक साहुको घरमा छाडेर आउनुभयो । काठमाण्डौमा पनि ३ बर्ष कष्टकरमय जिवन बिताएपछि त्यही बेलामा कमैया प्रथा (कमलरी प्रथा) को विरुद्ध अभियान चलिरहेको थियो ।

    कमलरीलाई मुक्त गराउने अभियानमा लागेको गैरसरकारी संस्था नायफ नेपालले दिलकुमारीलाई उद्दार गर्यो । उहाँ त्यही नायफ नेपालको सहयोगमा अध्ययन गर्न थाल्नुभयो । “पहिला साहुको जुठाभाडा र कक्षा कोठा, बेञ्च देख्दा मन नै भरिएर आयो ।” दिलकुमारीले भन्नुभयो – उहाँले अध्ययन साथसाथै मुक्त कमलरी अभियानमा जुटनुभयो । हजारौ कमलरीलाई अगुवाई गर्दै २०६७ सालमा उहाँ पहिलो पटक मुक्त कमलरी बिकास मञ्च बाँकेको संस्थापक अध्यक्ष हुनुभयो । नायफ नेपालको सहयोगमा कमलरी बिकास मञ्च भनेर दर्ता गरियो । कमलरी मुक्त गराउने अभियानमा दिलकुमारीले सानादेखी ठुलासम्मको चर्को आन्दोलन समेत गर्नुभयो । आन्दोलन यतिमै सकिएको थिएन । सबैभन्दा समस्या मुक्त भएका कमलरीहरूलाई आर्थिक रूपमा सशक्तीकरण गर्नु थियो दिलकुमारीलाई कमलरी बस्नबाट मुक्त गर्नुसँगै अर्काे चुनौती परिवारबाट कमलरी बस्ने छोरीहरूलाई पठाउनबाट रोक्नु थियो । “कमलरी पठाउनुको मुख्य कारण आर्थिक थियो” आर्थिक स्थिति बलियो नहुँदा थारूका छोरीचेलीहरूलाई कमलरी जानु परिरहेको थियो ।” आर्थिक रूपमा बलियो नभएसम्म जीवनस्तर बदलिंदैन र कमलरी प्रथा रोकिंदैन भन्ने उहाँलाई लाग्यो । मुक्त कमलरीलाई आत्मनिर्भर बनाउन लावा जुनि टेनिङ्ग सेन्टर खोल्नुभयो । शिक्षाबाट बञ्चित पुर्व कमलरीहरुलाई सिपमुलक तालिम दिन थाल्नुभयो । दिलकुमारीकै नेतृत्वमा ४ सय बढी मुक्त कमलरीलाई तालिम दिएर आत्मनिर्भर बनाई सक्नुभएको छ ।

    दिलकुमारीलाई बिभिन्न संघ संस्थाबाट अवार्डका साथै सम्मानित समेत गरिएको छ । २०७३ मा रुम टु रिडको इन्टरभ्यूमा छनोट भएर २०७३ साल बैशाख १९ गतेदेखी जागिर गर्दै आउनुभएको छ । उहाँ रुम टु रिडसंगै जोडीएर काम गर्न लागेको पनि झन्डै ७ बर्ष हुनलागेछ । दिलकुमारी रुम टु रिड संस्थाको बरिष्ठ समाजिक परिचालक भएर काम गरिरहनुभएको छ ।


    यस्तै बाँकेको बैजनाथ गाउँपालिका वडा नं ८ को पुर्व कमलरी जानकी थारु अहिले राप्तीसोनारी गाउँपालिको नायब पशु स्वास्थ्य प्राविधिकको पदमा हुनुहुन्छ । १५ बर्ष अगाडी नेपालगन्जका एक साहुको घरमा कमलरी बस्नुभएको जानकीले राप्ती प्राविधिक शिक्षालय लालमटिया दाङबाट शिक्षा हासिल गर्नुभएको थियो । २०७३ साल जेष्ठ १६ गते जागिरका लागि नियुक्ती प्राप्त गर्नुभयो । जेष्ठ १७ गतेनै साविकको फत्तेपुर गाबिसमा भेटनरी पशु सेवा हुदैं स्थानीय सरकार आईसकेपछि २०७५ साल कार्तिकबाट राप्तीसोनारी गाउँपालिकामा जागिर गर्न थालेको जानकीलाई यो नयाँ जिन्दगीजस्तो लाग्छ । बिपन्न परिवारमा जन्म लिनुभएको जानकीलाई नेपालगन्जका एक जमिन्दारले पढाई, लेखाईको साथ साथै आर्थिक रुपमा पनि सहयोग गर्छु भन्ने झुठो आश्वासन दिएर नेपालगन्ज लाईएको थियो ।


    लेख, पढ गरि परिवारलाई सुखको दिन देखाउन खुसी हुदैं नेपालगन्ज छिर्नुभएको जानकीको सपना सपनामै सिमित रहयो । “१२ वर्षकै उमेरदेखि कमलरी बस्न थालेकी हुँ । रातदिन भाँडा माझ्ने, कपडा धुनु पथ्र्यो । कति बेला कामबाट छुटकारा पाउने होला भन्ने लाग्थ्यो । न पेट भरेर खाना खान पाउथ्ये । न त इच्छा लागेको लाउन पाउँथ्ये । रुने समेत अनुमती थिएन । बच्चा थिए यदी रोई हाले भनेपनि साहुले मुखमा कपडा कोचेर पिट्थ्यो । १ वर्ष काम गरेर एक पैसा पनि पाइएन । दैबको कृपाले भाग्न सफल भए,” उहाँले भन्नुभयो ।
    जमिन्दारमा १ बर्ष मात्र कमैया बसेपनि त्यहाँ बिताएका दर्दनाक दिनहरु सम्झदा अझँपनि मन भक्कानीएर आउने गरेको जानकी बताउनुहुन्छ । धेरै संर्घष र लगातारको मेहनतले जानकीलाई सफताले पछ्याउन थाल्यो । थुप्रै चुनौती र समस्यालाई चिर्दै जानकी सरकारी जागिरे हुनुभयो । २८ बर्षिय जानकीले सरकारी जागिर पाएको देखेर बुबाआमा पनि दंग हुनुभएको छ,” उहाँले भन्नुभयो । खानबस्न गाह्रो भएर कमलरी पठाएको भन्नुहुन्थ्यो । अहिले बिगत सम्झेर पश्चाताप गर्नुहुन्छ । मेहनत गरेर सरकारी जागिरे भएपछि आफुलाई र बुबा आमालाई आवश्यक परेको सबै आवश्यकता पुरा गर्न सकिएको छ ।


    मनले चाहेको लाउन र खान पाएको छ ।” जानकी ८० किलोमिटरको दुरि तय गरेर दैनिक घरदेखि कार्यक्षेत्र गाउँपालिका सार्वजनिक बर्षमा आवतजावत गर्नुहुन्छ । देशभरमा १२ हजार ७ सय ७९ जना पुर्वकमलरी रहेका छन् भने बाँकेमा ५ सय पुर्व कमलरी छन् । दिलकुमारी जस्तै धेरै कमलरीले आफ्नो जिवनको परिचयनै फेरेका छन् । पुर्व कमलरीहरु आफ्ना रोजाई अनुसारको पेशा गर्न पाएका छन् । अरुको घरमा दासी जस्तै जिवन बिताउनुपरेको उनिहरुको अनुहारमा अब खुसी देखीन थालेको छ । पुर्व कमलरीले सरकार राखेका १० बुदें मागलाई सरकारले सही ढंगले कार्यान्वयन गर्न सके देशका सबै पुर्व कमलरी आत्मनिर्भर बन्ने पुर्व कमलरी हरुको आसय छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology