(Wednesday 28th of October 2026)
`

अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणको निमित्त नेपालगन्जमा होडिङ बोर्ड

  • सगरमाथा गन्तब्य
  • 10.4K
    SHARES

    नेपालगन्ज : अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणको अभियानमा एनिमल नेपालले नेपालगन्जमा होडिङ बोर्ड राखेको छ । पशु कल्याण सुनिश्चितका बिषयमा सरोकारवालासंग गरेको ३ दिनको अन्तरक्रिया कार्यक्रम पछि एनिमल नेपालले बुधवार नेपालगन्जमा होडिङ बोर्ड राखेको हो । नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा एनिमल नेपालले नेपालगन्जको पुष्पलालचोक नजिक होडिङ बोर्ड राखिएको अण्डा उत्पादन गर्ने कुखुराहरुको लागि पिँजडा मुक्त गर्ने अभियानको संयोजक मधु कट्टेलले जानकारी गराउनुभयो । मानिसले खाने अण्डा उत्पादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खान योग्य अण्डा उत्पादन नहुने भएकोले मानिसहरुमा सचेतना फैलाउने उद्देश्यले नेपालगन्जको पुष्पलाल चोक नजिक होडिङ बोर्ड राखिएको उहाँले बताउनुभयो ।
    कुखुरालाई हलचल गर्ने स्थान नभएको पिँजडामा आजिबन यातना तथा सास्ती दिएर जबरजस्ती उत्पादन गरिएको अण्डा मानिसको लागि भिटामिन योग्य नहुने भएकोले उपभोक्ताहरुले पिँजडा मुक्त कुखुराबाट उत्पादित अण्डा उपभोग गर्नुपर्छ भनेर चेतना जगाउन देशको बिभिन्न जिल्लाहरुमा होडिङ बोर्ड राखिएको संयोजक कट्टेलले जानकारी गराउनुभयो ।

    “पिँजडामा भएका कुखुराहरुको कष्टलाई बेवास्ता नगरौ” भन्ने नारा सहित अण्डा उत्पादन गर्ने कुखुराहरुका लागि पिँजडा मुक्त खोरको परिकल्पना आजको आवश्कता र चाहाना, अण्डा उपयोग गर्दा कुखुराको कल्याण सुनिश्चत गरौ जस्ता बिषयलाई उठान गर्दै अन्तरक्रिया र होडिङ बोर्ड मार्फत अभियानलाई तिब्र बनाएको छ । बिगत १३ बर्ष देखि पशु कल्याणका बारेमा काम गर्दै आएको एनिमल नेपालले पशुपक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्छ, राम्रो वातावरणमा बस्न पाउनुपर्छ, उसको स्वास्थ्यको ख्याल गर्नुपर्छ, जनावरहरूको व्यवहार अनुसार स्वतन्त्र भएर बाँच्न दिनुपर्छ, कुनै पनि मानसिक तनाव दिनुहुँदैन, भन्ने पाँच कुराहरूको सुनिश्चित हुनुपर्छ भन्ने उद्देश्यका साथ पशुपक्षीका हितको लागि काम गदै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology