(Wednesday 28th of October 2026)
`

पशुपक्षीहरु प्रति मानवता हराएकै हो त ?

  • सगरमाथा गन्तब्य
  • 9.3K
    SHARES

    नेपालगन्ज : पशुपक्षीहरु प्रति मानवता हराएको भन्दै एनिमल नेपालले नेपालगन्जका कुखुरा व्यवसायीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेकोे छ । अण्डा उत्पादन गर्ने कुखुराहरुको लागि पिँजडा मुक्त गर्ने अभियानमा एनिमल नेपालले नेपालगन्जका व्यवसायीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेकोे हो । अन्तरक्रिया कार्यक्रममा पशु कल्याण सुनिश्चिता बिषयलाई उठान गर्दै अण्डा उत्पादन गर्ने कुखुराहरुको लागि पिँजडा मुक्त गर्नका लागि कुखुरा व्यवसायीहरुले महत्वपुर्ण भुमिका खेल्न आवश्यक देखिएको एनिमल नेपालले जानकारी गराएको छ ।
    मानिस व्यापारको नसामा चुर्लुम डुबेपछि पिँजडामा थुनेर कुखुरालाई आजिबन अण्डा उत्पादन गरिरदा कुखुराले खेप्ने सास्तीको व्यापारीले ख्याल समेत नगर्ने एनिमल नेपालका संयोजक तथा पिँजडा मुक्त कुखुरा अभियानता मधु कट्टेलले बताउनुभयो ।


    पछिल्लो समय अण्डा व्यापार फस्ट्याएपछि पशुपक्षीहरु प्रति मानवता हराउदै गएको भन्दै कुखुरा पनि जिवितप्राणी र उनीहले पनि हामी मानिस जस्तै दुखाई भोगाई महशुस गर्ने भएकोले स्वतन्त्र रुपमा कुखुरालाई पिँजडा मुक्त गर्नु पर्ने उहाँले बताउनुभयो । मानिसले खाने अण्डा उतपादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खान योग्य अण्डा उत्पादन नहुने बताउँदै यो अभियानमा सफल बनाउन सरोकारवालाको साथको अपेक्षा गरेको उहाँले बताउनुभयो । कुखुरालाई यातना सास्ती दिएर जबरजस्ती उत्पादन गरिएको अण्डा मानिसको लागि भिटामिन योग्य नहुने भएको जानकारी उहाँले गराउनुभयो ।
    उहाँले भन्नुभयो “कुखुरा भनेको पखेट्टा फिजाएर खुल्ला रुपमा आफ्नो चारो आफै खोज्ने प्राणी हो तर व्यापार गर्ने नाउँमा कुखुरालाई हलचल सम्म गर्ने स्थान नदिएर आजीबन जबरजस्ती अण्डा दिन उत्पादन गरिन्छ । मानिस जस्तै कुखुरालाई पनि ८ घण्टा आराम ८ घण्टा काम र ८ घण्टा मनोरञ्जनको आवश्यकता हुने संयोजक कट्टेलले जानकारी गराउनुभयो । बिशेष त कुखुरालाई उसको सामान्य स्वभावलाई स्वतन्त्र रुपले महसुस गर्न दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
    मानिसले आफ्नो क्षमता अनुसारको भारी उठाए जस्तै पशुपक्षीलाई पनि उनीहरुले थाम्न सक्ने क्षमताको भारी अथवा बजन मात्र बोकाउनु पर्ने बरिष्ठ पशु चिकित्सक डा.अतिस कुमार यादबले बताउनुभयो । मानिसहरूले पशुपक्षीलाई दर्दनाक तरिकाले पाल्ने, मार्ने गरि रहेकोे बताउदै पशुपक्षीहरूलाई पुच्छरमा बाधेर, झुण्ड्याएर, कोचाकोच गरी दर्दनाक तरिकाले एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा पशुहरुले खेप्नु पर्ने सास्ती बारेमा गुनासो गर्नु भयो । मान्छे जस्तै पशुपक्षीले पनि दुखाईको महसुस गर्ने भएकोले उनीहरूको पनि गाँस, बास, स्वास्थ्य लगायतमा ध्यान दिएर बेजुबान प्राणीप्रति सद्भावको भावना हुनुपर्ने उहाँले बताउनुभयो ।


    उहाँले भनुभयो “सरकारले गाई, भैसी, कुखुरा, बाख्रा, लगायत अन्य सबै पशुपन्छीलाई एउटै समूहमा समेटेर सूचिकृत गरेको छ अथवा बिमा गरेको छ तर गधा, घोडा र खच्चड मानिसका लागि दिनरात खटिदा समेत अहिलेसम्म सरकारले पशुपन्छीको समूहमा उनिहरुको राखेको छैन अथवा बिमा गरेको छैन । पशुपक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्छ, राम्रो वातावरणमा बस्न पाउनुपर्छ, उसको स्वास्थ्यको ख्याल गर्नुपर्छ, जनावरहरूको व्यवहार अनुसार स्वतन्त्रत भएर बाँच्न दिनुपर्छ, कुनै पनि मानसिक तनाव दिनुहुँदैन भन्ने पाँच कुराहरूको सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । पशु स्वस्थ छ भने मात्र त्यसबाट उत्पादित वस्तु (दूध, मासु, अण्डा) स्वस्थ हुने बरिष्ठ पशु चिकित्सक अतिसले बताउदै अस्वस्थ पशुपक्षीबाट उत्पादित वस्तु खाँदा मानव जीवनका लागि हानिकारक हुने जानकारी गराउनुभयो ।
    पशु कल्याणको क्षेत्रमा बिगत १३ बर्ष देखि काम गरि रहेको एनिमल नेपालले देशको बिभिन्न स्थानहरुमा पुगेर पशु कल्याण सुनिश्चित बिषयमा सचेतना कार्यक्रम गर्दै आएको छ । एनिमल नेपालले नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा बिगत ३ बर्ष देखि नेपालगन्ज भित्र रहेको बार्षिक २ सय भन्दा बढि कुकुरहरूको बन्ध्याकरण गर्ने गरेको छ भने देश भरमा रहेका सडकपेटीका कुकुरहरुको बार्षिक ३ हजार बढिको बन्ध्याकरण गर्दै आएको आयोजकले जनाएको छ भने उक्त कार्यक्रममा एनिमल नेपालका सुपरभाइजर तथा पिँजडा मुक्त कुखुरा अभियनता देब उपाध्याय, एनिमल नेपालका कमिनिटी एजुकेटररासित अलि कसगर, एनिमल नेपालको फिल्ड अफिसर, एनिमल नेपालका मिल अफिसर उमेश बस्नेत लगायत कुखुरा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology