नेपालगन्ज : नेपालगन्ज महोत्सबमा राष्ट्रिय चर्चित कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । नेपालगन्जमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा चर्चित गायक चक्र बम, गायिका शोभा त्रीपाठी र कनहिया सिंह तथा चर्चित मोडेल रुविना अधिकारीले शनिवार दर्शकलाई भरपुर मनोरञ्जन दिएका हुन । यहि माघ १० गतेदेखि सुरु भएको महोत्सब शनिवार दर्शकले भरपुर मनोरञ्जन लिएको महोत्सबमा आएका एक दर्शकले बताएका छन् । ‘सम्वृद्ध नेपालको प्रमुख आधार कृषि, उद्योग, पर्यटन संस्कृति र व्यापार प्रवद्र्धनका साथ नागरिक स्वरोजगार भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवमा निकै चर्चित बम, सिंह त्रिपाठी र अधिकारीले आ आफ्नो बेजोड प्रस्तुतिले महोत्सबको माहोल तताउनुभएको थियो । चर्चित गायक बमले एक दर्जन जति आफ्नो चर्चित चर्चित गितहरु प्रस्तुत गर्दा दर्शकले भरपुर मनोरञ्जन लिनुका साथै झुमी झुमी नाचेका थिए ।
यस्तै चर्चित गायक कनहियाको नेपालगन्ज बजार्रैमा बोलको गित सुनेर नेपालगन्जवासीले भरपुर मनोरञ्जन लिनुका साथै नेपालगन्ज त साच्चीकै नेपालगन्ज रहेछको अनुभुति दिलाएका थिए ।

नेपालगन्जकी चेली रुविना अधिकारीले दमदार डान्स प्रस्तुत गरिएको महोत्सवमा शनिवार थामी नसक्नु भिड रहेको थियो । नेपालगन्जको सडक डिभिजन कार्यालयको परिसरमा संचालन भइरहेको महोत्सवमा ३ सय वटा बिभिन्न खालका स्टलहरु राखिएका छन् भने महोत्सवको आर्कषणका रुपमा थारु गाउँ समेत राखिएको छ । थारु गाउँमा समेत दर्शकलाई छुटटै मनोरञ्जनका लागि थारु परिकार, थारु नाच, थारु गितसंगितले भरपुर मनोरञ्जन गराएको महोत्सबका प्रत्यक्ष दर्शिहरु बताउछन् ।
यस्तै महोत्सबलाई थप आर्कषण बनाउन राखिएका बाल उद्यानकाबाट पनि दर्शक तथा बालबालिकाले समेत मनोरञ्जन लिएको एक दर्शकले बताएका छन् । दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता समेत गराएको छ । महोत्सवको पाचौं दिन दर्शकको उपस्थित बाख्लो देखिएको थियो । दर्शकको उपस्थितीले व्यापारीको पनि राम्रो व्यापार भएको सजिलै अनुमान लगाउन सकिन्छ । महोत्सब माघको २४ गते सम्म संचालन रहने भएकोले प्रत्येक दिन चर्चित राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारद्धारा दर्शकलाई भरपुर मनोरञ्जन गराउँने आयोजकले बताएको छ । शनिवारदेखि कुस्ति प्रतियोगिता समेत जारी रहेको छ ।

