(Saturday 25th of July 2026)
`

नेपालगन्ज महोत्सवको उद्घाटन नमुनाले गर्ने

  • सगरमाथा गन्तब्य
  • 10.3K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा सुरु हुने चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सबको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले सोमवार पत्रकार सम्मेलन गरी महोत्सबको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । माघ १० देखि २४ गते सम्म सञ्चालन हुने महोत्सबको उद्घाटन लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी नमुनाले गर्नुहुने छ ।
    उद्घाटन गर्ने दिन धम्बोझीदेखि झाँकी सहितको ¥याली निकाल्ने आयोजकले जनाएको छ । महोत्सवका लागि गेट तथा स्टल निर्माणको काम, बाल उद्यान जडान लगायतका कार्य पुरा भएको आयोजक समितिले जनाएको छ ।
    महोत्सवलाई आकर्षक बनाउन थारु होमस्टे, थारु गाउँ, टिकटक पारखीका लागि टिकटक प्वाइन्ट निर्माण लगायत प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको आयोजक सचिवालयका संयोजक जिआर भुषालले जानकारी दिनुभयो । उहाँको अनुसार २ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र २ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबारसमेत हुने आयोजकको अपेक्षा छ । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइने संयोजक भुषालले बताउनुभयो ।


    महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका ३ सय स्टल रहने छन भने परिसरभित्रै थारु गाउँ, टिकटक पारखीका लागि टिकटक प्वाइन्ट लगायत कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका स्टलहरुलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । नेपालगन्ज महोत्सवले कृषि, पर्यटन र उद्योगको प्रवर्धनका लागि स्थानिय व्यवसायीलाई पहिलो प्रथामिकता दिईने बताईएको छ । महोत्सव भित्र शान्ति सुरक्षा, स्वास्थ्य चेकजाँच, दमकल लगायतका सुरक्षाको व्यवस्था रहने आयोजकले जनाएको छ । ‘महोत्सवमा साधारण प्रवेश शुल्क ६० रुपैँया र विद्यार्थीलाई ५० रुपैँया निर्धारण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology