(Wednesday 28th of October 2026)
`

खानलाई ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरस्कार

  • सगरमाथा गन्तब्य
  • 11.9K
    SHARES

    बाँके । युथ टुडे न्युज डट कमका सम्पादक, प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिव एंव नरैनापुर गाँउपालिकाका प्रेस संयोजक आलम खानले ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरस्कार प्राप्त गरेका छन् ।
    सम्पादक खानलाई नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित सम्मान प्रदान गरेको हो ।
    नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले संयुक्त रुपमा सम्पादक खानलाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
    पत्रकारितका माध्यमबाट शिक्षा र सामाजिक विषयमा योगदान गरेको भन्दै उक्त सम्मान सम्पादक खानलाई प्रदान गरिएको हो । खान विगत १९ वर्ष देखि पत्रकारीता गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology