(Wednesday 28th of October 2026)
`

नरैनापुर नयाँ बस्तीका किसानहरु मौसमी तथा बेमौसमी खेती तर्फ आकर्षित

  • सगरमाथा गन्तब्य
  • 10.1K
    SHARES
    बाँके । जिल्लाको विकट नरैनापुर गाउँपालिका–५ नयाँ बस्तीका किसानहरु यतिबेला तरकारी खेतीमा व्यस्त छन् । खाद्य सङ्कट र अन्य आयआर्जन नभएपछि पछिल्लो समयमा दुर्गमका किसानहरु व्यावसायिक तरकारी खेतीमा लागेको कृषि शाखा प्रमुख सदन भण्डारीलले बताउनुभयो । ‘तरकारी खेतीमा कोही लाग्दैन थिए, तर एक वर्षयता नरैनापुर गाउँपालिकाको सहयोगमा पछिल्लो समय नयाँ बस्तीका किसानहरु मौसमी तथा बेमौसमी खेतीमा लागेका छन्’, कृषि शाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो । शुरुमा आफैँलाई खानका लागि शुरु गर्नुभएका हसमद अलि साइ अहिले गाउँमै नमूना कृषकका रुपमा स्थापित भएको कृषि शाखा प्रमुख भण्डारीले बताउनुभयो । बारीमा अहिले काउली, टामाटर, बन्दा, खुर्सानी लगायतका तरकारी फलाएर स्थानीय बजारमा बिक्री गर्ने गरेको साईले बताउनुभयो। उहाँले भन्नुभयो, ‘पहिला खाद्यान्नको जोहो गर्ने निकै चिन्ता हुन्थ्यो, तरकारी खेती शुरु गरेपछि त्यो अहिले केहीरुपमा सहज भएको छ ।’
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology