(Wednesday 28th of October 2026)
`

नरैनापुरलाई शैक्षिक हब बनाउने अध्यक्ष शाहको प्रतिबद्धता

  • सगरमाथा गन्तब्य
  • 7.2K
    SHARES

    नरैनापुर (बाँके) ७ पुष । ग्रामिण बिकासको लागि चाइना फाउण्डेसनको आर्थिक सहयोगमा बेसले नरैनापुरको आर्दश माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई बिहिबार झोला तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।
    मधेशी, दलित र मुस्लिम समूदायका बालवालिकाको शैक्षिक प्रोत्साहनका लागि बेसले शैक्षिक सामाग्री बितरण गरेको जनाएको छ ।
    आर्दश माध्यमिक बिद्यालय नरैनापुरमा भएको शैक्षिक सामाग्री बितरण कार्यक्रममा बेसकि केन्द्रीय सदस्य संगिता थारुले बिद्यार्थीको शैक्षिक प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री बितरण गर्दै आईरहेको जानकारी दिनु भयो ।
    शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले यसप्रकारको सहयोगले गरिव तथा बिपन्न बर्गका वालवालिकाको शैक्षिक प्रोत्साहनमा टेवा पुग्ने बताउनु भयो । उहाँले सहयोग सानो ठुलो नभई बिद्यार्थीको शैक्षिक मनोबिज्ञानमा समेत परिवर्तन आउने दावी गर्नु भएको थियो ।
    अध्यक्ष शाहले नरैनापुर दुर्गम क्षेत्रको नामबाट चिनिए पनि अब शैक्षिक क्षेत्रको हबको रुपमा नरैनापुरलाई विकास गर्ने बताउदै आर्दश माध्यमिक विद्यालयलाई इण्टर कालेज बनाउने र कन्या विद्यालयको निमार्णका लागि ढेक्का भई सकेकोले निकट भविष्यमा संचालनमा आउने जानकारी दिनु भएको थियो ।
    गाँउपालिका अध्यक्ष शाहले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै मधेशी, मुस्लिम,दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउनका लागि नरैनापुर गाँउपालिका गम्भीर भएर लागेको बताउदै उहाँले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने जिकिर गर्नु भएको थियो ।
    नरैनापुर २ का वडा अध्यक्ष मसुद अहमद शाहले चाइना फाउण्डेसनको आर्थिक सहयोगमा शैक्षिक सामाग्री बितरण गर्नुले विद्यार्थीमा थप हौसला प्रदान गरेको बताउनु भयो । उहाँले यो सहयोग बिद्यार्थीको लागि अविष्मरणीय रहने भन्दै सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता समेत ब्यक्त गर्नु भएको थियो ।
    कपी, पेन्सील, इरेजर, स्कुल ब्याग लगायतका सामाग्री सहित ५४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरीएको थियो ।
    नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख अतिथिमा भएको कार्यक्रमका बेसकि केन्द्रीय सदस्य संगिता चौधरी,नरैनापुर वडा नं. २ का वडा अध्यक्ष मसूद अहमद शाह, शिक्षा समितिका सदस्य एंव अध्यक्षका स्वकिय सचिव ब्रिजेन्द्र यादव, नरहरिनाथ योगी, बिद्यालयका प्रअ तिरलोकी नाथ मौर्य लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन स्थानीय शिक्षक अरुण यादवले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology