(Saturday 25th of July 2026)
`

कोहलपुर प्रहरीद्धारा चोरीका ७ जना अभियुक्त पक्राउ

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    नेपालगन्ज : इलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न चोरीको अभियोगमा ७ जनालाई प्रकाउ गरि नियन्त्रणमा लिएको छ । बिहीवार पत्रकार सम्मेलन मार्फत बिभिन्न चोरीको अभियोगमा ७ प्रक्राउ गरि नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी गराएको हो । कोहलपुर प्रहरीले मंसीर २४ गते राप्तीसोनारी गाउपालिका वडा नं २ अगैया स्थित बहुमुल्य गौतम बुद्धको मूर्ति सहित २ जना प्रकाउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमख डीएसपी ऐन बहादुर मल्लले बताउनुभएको छ । उहाँका अनुसार बहुमुल्य गौतम बुद्धको मूर्तिको कारोबार भइरहेको जानकारी पाउनासाथ पाँचथर जिल्लाको मिकलाजुन गाउँपालिका वडा नं ७ मा बस्ने ५० बर्षिय झर्मेन्द्र प्रसाद रेग्मी र गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका वडा नं १ मा बस्ने ३२ बर्षिय देब बहादुर मग्रातीलाई प्रकाउ गरि नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँच गर्दा रेग्मी र मग्रातीको साथबाट ६ किलो ४ सय २० ग्राम तौल भएको बहुमूल्य गौतम बुद्धको मूर्ति एक थान, मूर्ति प्वाल पार्न प्रयोगमा ल्याईने मेसिन एक थान बरामद गरि प्राचीन स्मारक सम्बन्धीको कसूरमा मुद्दा दर्ता गरि थप अनुसन्धान अगाडी बढाईएको छ । यसैगरी इलाका प्रहरी कार्यालय कोहलपुरले मंसीर २२ गते चोरीका धनमाल सहित ४ जनालाई प्रकाउ गरेको छ ।
    प्रहरीले कोहलपुर वडा नं. २ बिकासनगरमा स्थानियको घर तोडफोड गरी नगद, सुनचाँदिका गरगहना, ल्यापटप, मोबाईल चोरीगरि फरार रहेका ध्रुवसिंह ठकुरी, नबिन बि.क., दुईजना (नाम परिवर्तित) नाबालकलाई पक्राउ गरि चोरी मुद्धा दर्ता गरि आबश्यक अनुसन्धान बढाएको जानकारी गराएको छ । यसैगरी यसैगरी इलाका प्रहरी कार्यालय कोहलपुरले मंसीर १० गते मोटरसाईकल चोरीको अभियोगमा एक जना र चोरीको मोटरसाईकल खरिदको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर वडा नं १२ चप्परगौरडीका झलक बहादुर श्रेष्ठको भे.७ प ११९३ को होण्डा साईन मोटरसाईकल सहित कोहलपुर १२ चप्परगौरीका अम्मर बहादुर शाहिले कोहलपुर ११ एकतानगरका यज्ञराज सेजवालाई मोटरसाईकलको नंम्बर परिवर्तन गरि भे ५ प ६५१७ बनाई बिक्रि समेत गरि सकेको अबस्थामा दुबै जनालाई पक्राउ गरेको गरि नियन्त्रनमा लिएको इप्रका कोहलपुरले जनाएको छ । प्रहरी प्रमुख डीएसपी मल्लका अनुसार कोहलपुर १२ चप्परगौरीका शाहि पटक पटक मोटरसाईकल चोरी अरोपमा पक्राउ परिसकेको जानकारी गराउनुभएको ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology