नेपालगन्ज : ज्योति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जको २१ औ बार्षिक साधरणसभा सम्पन्न गरिएको छ । शनिवार ज्योति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जको २१ औ बार्षिक साधरणसभा सम्पन्न गरिएको हो । ज्योति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्ज अध्यक्ष अनिता पौडेलको अध्यक्षतामा लुम्बिनी प्रदेशका पुर्व माननिया पार्वती पुन (उषा) ज्युको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष रेजिना मल्लले स्वागत मन्तव्य दिदै २१ औ साधारणसभा मनाउदै गर्दा सहकारीले धेरै उतार चडाव सहितको संर्घष गर्नुपरेको बताउनुभयो । सहकारीप्रति शेयर सदस्यहरूले दिएको साथ र विश्वासले नै २१ औ साधारणसभा मनाउन सफल भएको बताउदै शेयर सदस्यहरूले समयमा बचत, व्याज, किस्ता बुझाइदिए सहकारीको आर्थिक उन्नतीमा टेवा पुग्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष पौडेलले सहकारीको आर्थिक बर्ष ०७८÷०७९ मा सहकारीले गरेको उपलब्धि भावी योजना सम्भावना र चुनौतीका बारेमा बताउदै २०५९ जेष्ठ २४ गते २५ जना सदस्यहरूबाट सुरूवात गरिएको सहकारीले शेयर सदस्यको मन जित्दै निरन्तर सेवा दिदै आएको जानकारी गराउनुभयो ।
यसतै सहकारीका सचिव मेनुका वैश्य जोशीले प्रगती विवरण प्रस्तुत गर्दै आर्थिक बर्ष २०७८÷२०७९ मा कुल शेयर सदस्य ८ सय ४४ जना, कुल शेयर पुँजी रू ३० लाख ५९ हजार ६ सय ८२ छ भने सहकारीको निक्षेप २ करोड २६ लाख ६१ हजार ९ सय ९४ र ऋण लगानी २ करोड १६ लाख ८६ हजार ४ सय ३० रहेको छ । सहकारीले १ लाख १२ हजार ४ सय १९ रुपैयाको नाफा रहेको छ । कार्यक्रममा बर्षको उत्कृष्ट बचतकर्ता शिसम श्रेष्ठ र सहकारीका सदस्य जसबन्दी मगरनीलाई सम्मानपत्रका समानित समेत गरिएको छ ।

उक्त कार्यक्रममा अतिथि अल्फान खान जिल्ला सहकारी संघ बाँकेका उषा भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघ बाँकेका संस्थापक अध्यक्ष आशामाया बजगाई, भुपेन्द्र प्रधान सामाजिक जागरण अभियान केन्द्र सल्लाहकारहरूको सहभागिता रहेको थियो ।
