(Wednesday 28th of October 2026)
`

लैंङ्गिक हिंसा अन्त्यका लागि मानशिक सोच परिर्वतन गरौ : बाँकेका अधिकारकर्मी

  • सगरमाथा गन्तब्य
  • 15.5K
    SHARES

    नेपालगन्ज : लैंङ्गिक हिंसा अन्त्यको लागि बाँकेमा महिला मात्र नभई पुरुष समेत जुरमुराएका छन् । “सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने मुलनाराका साथ बाँकेमा महिला मात्र नभई पुरुष समेत जुरमुराएका हुन् । महिला अधिकारकर्मीहरुले लैङ्गिक हिंसा अन्त्यका लागि समाजमा खुला छलफल आवश्यक रहेको औंल्याएका छन् । लैङ्गिक हिंसालाई जरै देखी सखाप पार्न समाजमा खुला छलफल आवश्यक रहेको औंल्याउदै पितृसतात्मक सोच र महिला पुरुषबीच असमान शक्ति सम्बन्ध रहेका कारण हिंसा हुने गरेको उनीहरुको विश्लेषण छ ।

    नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले लैङ्गिक हिंसालाई जरै देखी सखाप पार्न मानषिक सोचलाई परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । उहाँले लैङ्गिक हिंसाका बिभिन्न स्वरुपहरु रहेको बताउदै बाँकेमा सबै भन्दा धरै घटने घटना मध्य घरेलु हिंसा रहने बताउनुभयो । अहिले पनि समाजमा पितृसतात्मक सोचले जरा गाडेरै बसेकाले मानषिक सोचलाई परिवर्तन गरेर महिला र पुरुषबिच गरिने भिन्नता र व्यवहारमा सकरात्मकता ल्याउन सकिएन भने यसले अझैँ डरलाग्दो स्वरुपहरुले लिने उहाँले दाबि गर्नुभयो । उहाँले अभियानकै दौरानमा भएका लैङ्गिक हिंसाका घटनाहरुको उदाहरण दिदै कानुनी व्यवस्थालाई कडाई नगरिदिदा अपराधीलाई नै हौसला प्रदान भएको बताउनुभयो ।

    घरदेखि पर सम्म प्रकृतिले गरेको फरक बललाई आधार बनाएर गरिने बिभेदले हिंसा, घरेलु हिंसा लगायत थुप्रै लैङ्गिक हिंसाहरुको बृद्धी भएको नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका कार्यालय बाँकेका महिला बिकास अधिकृत मञ्जु पाण्डेले बताउनुभयो । न्यून चेतना र हिंसामा परेका महिलाहरुले प्राप्त गर्ने सिमित न्यायका कारण हिंसा न्यूनीकरण हुन नसकेको उहाँको भनाई रहेको छ । लैंङ्गिक हिंसाका कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने असरले नै कयौ महिलाले डिप्रेसनको औषधी खादै अन्त्यमा आत्महत्या गर्न बाध्य भएको उहाँले बताउनुभयो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा मात्र नभई बाँकीका दिनहरुमा पनि पछाडी पारिएका बर्ग, एकल महिलाका हक अधिकार, महिला अधिकार तथा सशक्तिकरणका लागि वकालत गर्ने गैह्र सरकारी सामाजिक संघ संस्थाले लैंगिक हिंसा मानव अधिकारको हनन् हो भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतनाको विस्तार गरी लैंगिक हिंसाका विरुद्धमा आवाज उठान सकियो भने यस्ता समस्याको अन्त्य हुन सक्ने सुझाब दिनुभयो । लैंगिक हिंसा बिरुद्धमा बनेका नीति नियमलाईनै हनन् गरेर लिंङ्गका आधारमा गरिने व्यवहारलाई काननी रुपमा कडाई नगरे नियम सडकमा आगो बालेर आन्दोलित समेत हुने महिला अधिकारकर्मीहरुले बताएका छन् ।
    मूल समारोह समिती एंव नेपालगन्ज उपमहानगरपालिकाको मुख्य आयोजनामा गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तीम दिन बिभिन्न संघ संस्थाहरुले व्यानर, पम्पलेट, सहित ¥याली गरेको थियो । शनिवार बिहाँन नेपालगन्ज उपमहानगरपालिकाको प्रागनबाट निस्किएको ¥याली बिपी चोक, त्रिभुवन चोक, भानुभक्त चोक, न्यूरोड, सेतुबिक चोक हुदै नेपालगन्ज बसपार्कमा कोणसभामा परिणत भएको छ । उक्त ¥यालीमा, प्रहरी, अधिकारकर्मी, जनप्रतिनीधि, पत्रकार लगायत पाच साय जनाकाको हाराहारीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology