(Saturday 25th of July 2026)
`

नेपालगन्जमा बम बनाउँदै गरेको अबस्थामा बिस्फोट, दुई जना घाइते

  • सगरमाथा गन्तब्य
  • 6K
    SHARES

    नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर स्थित एउटा घरमा बम विष्फोट भएको छ । सृजन मल्लको घरमा राती ८ बजे तिर भएको बम बिष्फोटमा सल्यान बागचौर–२ का डिल्ली डिसी सहित २ जना घाइते भएका छ्न। उनीहरुले केहिदिन अघि मात्र कोठा भाडामा लिएर बसेका थिए । बाँकेका डिएसपी रामप्रसाद घर्तीले कुकर बम बिस्फोट भएको पुष्टि गरेका छन ।

    उनिहरुले बम बनाउँदै गरेको अबस्थामा बिस्फोट भएको हुन सक्ने आशंका गरिएको छ । उनिहरु बिप्लबका कार्यकर्ता भएको प्रहरीले अनुमान गरेको छ ।

    घाइते दुबैजनाको प्रहरी नियन्त्रणमा भेरी अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन हुनुका साथै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology