नेपालगन्ज १३ बैशाख
राप्तीसोनारी गाउँपालिकाका स्थानिय युवाहरु कोरोना भाइरस बारे सचेतना अभियान चलाउँदै आएका छन् । राप्ती सोनारी गाउँपालिका वडा नं. ७ सर्री नयाँबस्तीका स्थानिय युवाहरु कोरोना भाइरसको बारेमा सचेतना अभियान कार्यक्रम गर्दै आएका छन् । राप्तीसोनारी बघौडा सडकमा आवतजावत गर्ने व्यक्तिलाई स्थानिय युवाहरुले सावुन पानीले हात धुने तरिका, सामाजिक दुरी कायम राख्ने तरिका र कोरोना भाइरसको लक्षण र बाँच्ने उपाय बारे सचेताना अभियान चलाउँदै आएको स्थानिय युवा युवरावराज चौधरी बताउनुभयो । उनिहरुले सडकमा सामाजिक दुरी कायम गरि बाह्य तथा स्थानिय नागरिकलाई विहान ९ बजेदेखि साँझा ४ बजेसम्म सचेतना अभियान संचालन गरि स्थानियवासीलाई जागरुक बनाउँदै आएको स्थानिय युवा युवराजले भन्नुभयो । विश्वभर कोरोना भाइरसले भयावहा स्थितीमा नेपालमा पनि लकडाउनको घोषणा गरि यसको रोकथामको लागि प्रयासरत रहेको छ ।
