(Saturday 25th of July 2026)
`

आधुनिकतासँगै माटोको भाडा बिक्री नहुने समस्या

  • सगरमाथा गन्तब्य
  • 10.2K
    SHARES

    जनक चौधरी – बर्दिया । चाडपर्वका बेला प्रयोग हुने विद्युतीय झिलिमिलीले कसगर जातिहरूका व्यवसायमा कमी आउन थालेको छ । वर्षौँदेखि माटोको भाडा बिक्रीबाट जीवन धान्दै आएको कसगरहरुको कुमाले पेशा आधुनिक समयमा आएको विभिन्न किसिमका झिलीमिलीको बढ्दो प्रयोगले माटोको भाडा बिक्रीमा कमी आएको छ । बर्दियामा माटोको दियो, गाग्रो, पाला, जातो, नदिया, सिँगार दान, चुलो समेत बनाई आम्दानी गर्दै आएका कसगरहरुको कुमाले पेशा अहिले रेडिमेड झिलिमिली बत्ती, बल्ब, भाडाहरूका कारण आफूहरूको पेसामा कमीको साथै परिवार पाल्न, बच्चालाई पढाउन समस्या हुने गरेको बताउँछन् । विगतका दिनमा निक्कै व्यापार हुने कुमालेहरूको अहिले बजार आएको रेडिमेट, प्लाष्टिकका भाँडाकुँडामा ग्राहकको आकर्षण बढ्दै जाँदा व्यापारमा दिन प्रतिदिन कम हुने गरेको काले कसगर बताउनुहुन्छ । पहिले नदीबाट माटो सित्तैमा पाइन्थ्यो अहिले गुलरियामा नपाएर बाहिरबाट माटो किनी समाग्रीहरु निर्माण गरिरहेको उहाँले सुनाउनुभयो ।

    गुलरियाको वडा नम्बर ८ मा करिब ७५ जनाको सङ्ख्यामा बसोबास रहेको छ । आफ्नो परिवारको दैनिक खर्च तथा बालबच्चालाई शिक्षादीक्षा प्रदान गर्न सोही पेशाले नै चलाउनुपरेको अनवर कसगरले बताउनुभयो । बाजेका पालादेखि आफूहरू सोही पेशा आँगालेको उहाँ बताउनुहुन्छ । हामीले माटोकै विभिन्न भाँडाकुँडा, दियो पालो, गाग्रोहरू बनाउँदै आएका छौँ । खासगरी दीपावली, छठ तथा विभिन्न चाडपर्वका बेला घरलाई उज्यालो बनाउन माटोकै विभिन्न सामग्रीहरु दियो, पालो, गाग्रोहरूको प्रयोग गर्ने संस्कार बस्दै आएको थियो तर, पछिल्लो समय रेडिमेड बत्ती तथा प्लास्टिक, स्टिलका भाँडा कुडाले पेशा सङ्कटमा पर्न थालेको व्यवसायी सरुजिद्दिन कसर बताउनुहुन्छ । कसगर जातीहरूको पेसालाई मात्र नभई जिल्लामा भएका सबै जातजातिको पुर्ख्यौली पेसालाई स्थानीय सरकार, विभिन्न सरोकारवाला निकायले ध्यान दिई स्थानीय तहमा भएको पेशा संस्कृति र संस्कारलाई व्यावसायिक बनाई उनीहरूको संरक्षण एवं सम्बद्र्धन गरि समाजलाई परिवर्तनको बाटोतर्फ लैजानुपर्ने देखिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology