(Friday 11th of September 2026)
`

चलचित्र यात्रीको तिम्रो मुटु यता सरेछ बोलको म्युजिक भिडियो सार्वजनिक

  • सगरमाथा गन्तब्य
  • 17.5K
    SHARES

    नेपालगन्ज : नेपाली कथानक चलचित्र यात्रीको तिम्रो मुटु यता सरेछ बोलको म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । करिब १५ दिनदेखि छायाङकन भैरहेको चलचित्र यात्रीमा समावेश रहेको तिम्रो मुटु यता सरेछ बोलको म्युजिक भिडियो शनिवार सार्वजनिक भएको हो । सञ्जित ओलीको निर्माणमा यात्री चलचित्र निर्माण हुदै छ । कोहलपुर कला केन्द्रको प्रस्तुतीमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘यात्री’ को छायाँङकन बाँके, बर्दिया, कैलाली, सुर्खेत र दाङको मनमोहक ठाउँमा छायाङकन हुने सुटिङ युनिटले जनाएको छ । समाजमा रहेको शिक्षित यूवाहरुलाई सकारात्मक सोच निर्माण गर्ने र फरक गन्तब्य खोजीको कार्य युवामा हुनुपर्ने कथाबस्तुमा आधारित चलचित्र ‘यात्री’ को लेखक तथा निर्देशक सविन पौडेलले जानकारी गराउनुभयो ।
    चलचित्रको छायाङकन तथा सम्पादन कुन्दन चन्दले गर्दैहुनुहुन्छ भने प्रबन्ध निर्देशक केशव चालिसेले गर्दै आउनुभएको निर्देशक पौडेलले जानकारी गराउनुभयो । लेखक तथा निर्देशन सविन पौडेलको रहेको छ भने चलचित्रमा विष्णु विक, अस्मिता हमाल, दिपक पनेरु, सुबोध पौडेल, सन्दिप पौडेल र पवित्रा सुनार, कृष्ण भट्ट, लगायतको कलाकारहरुको मुख्य भूमिका चलचित्रमा रहेको यात्री फिल्मका निर्माता ओलीले जानकारी गराउनुभयो ।

    https://www.youtube.com/watch?v=pCmf9YkuyVg

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology