(Wednesday 28th of October 2026)
`

मोटरसाइकल दुर्घटनामा प्रहरी जवान सार्कीको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 9.6K
    SHARES

    नेपालगन्ज १३ बैशाख — बाँकेको नेपालगन्ज राँझा स्थित मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको मृत्यु भएको छ । शनिवार ड्युटि सकेर घरतर्फ जादै गर्दा प्रहरी जवान सुभाष सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । हुम्ला स्थायी घर भएका २६ वर्षीय प्रहरी जवान सार्की सवार भे ३ प ३९ नम्बरको मोटरसाइकल शनिबार बिहान राझा चोकमा रहेको ट्राफिक स्ट्याण्डमा ठोक्किदा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो । सार्की दशगजास्थित क्‍वारेन्टाइनमा खटिदै आएका ड्युटी सकेर शनिबार बिहान कोठातिर जाँदै गर्दा दुर्घटना भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology