करुणा शाह (महारानी) नेपालगन्ज – आत्माहत्या सुन्दै भयानक डरलाग्दो तर यहि आत्माहत्या पछिल्लो समय दिन दिनाहु बढिरहेको छ । आफूलाइ आफैले हत्या गर्ने । कति गाह्रो काम तर अहिले निकै सजह र सजिलो तरिकाबाट आत्महत्या को घटना घटिरहेको छ । दैनिक जस्तो औषधी सेवन, झुन्डिएर आत्महत्याको समाचार सुनिरहन्छ । आत्माहत्याको विभिन्न कारण हुन सक्छ जस्तै डिप्रेशन आर्थिक अवस्था कमजोर प्रेम बियोग पारिवारिक कलह परपुरुष परस्त्रीसंगको सम्बन्ध विशेष देखिन्छ सुनिन्छ । यसै सन्दर्भमा आत्मा हत्याको अवस्था कस्तो छ भनेर हामीले जिल्ला प्रहरी कार्यालय बाँकेका अपराध अनुसन्धान शाखा प्रमुख प्रहरी निरीक्षक चक्र डम्बर पालसंग गरेको कुराकानी ।
– आत्माहत्याको अवस्था बाँकेमा अहिले कस्तो छ ?
बाँकेमा आत्माहत्याको अवस्था हेर्दा मुद्दा दर्ताको आधारमा आंकलन गरिन्छ । ०७७÷७८ मा बाँके मा ४० वटा मुद्दा दर्ता भएको छ । ०७८÷७९ मा ५८ वटा मुद्दा दर्ता छ । चालू आर्थिक बर्षमा अहिलेसम्म ३७ वटा घटना दर्ता भएको छ । बाँकेमा समग्र देशभरीको आंकलन गर्दा अन्य जिल्लामा जसरी आत्मा हत्या हुन्छ । हत्या भैरहँदा त्यसको करिब एभरेजमा आउने संख्यासंग बाँकेको पनि आत्माहत्याको दर त्यही रेसियोमा छ ।
–हामीले आत्माहत्याको समाचार सुन्छौ आत्माहत्याको संख्या बढिराछ अन्तिम बिकल्प आत्माहत्या किन रोज्छन जस्तो लाग्छ ?
यसको धेरै कारण छन् । एउटा मात्र कुराले मानिसले आत्माहत्या या देह त्यागको निर्णयमा नपुग्न सक्छ । विभिन्न कारण जस्तै आर्थिक, सामाजिक, पारिवारिक, तनाब, सम्बन्ध बिच्छेद, बाल बिवाहपछि सम्बन्ध बिग्रीदै जानू त्यस पश्चात्को आत्महत्या, वैदेशिक रोजगारमा गएर पुरुष महिलाको बिचमा घरमा हुने मनमुटाव खटपट, सामाजिक रुपमा आत्मा सम्मानमा चोट पुग्ने जस्ता कुराले तनाब पैदा त्यसलाइ समयमै ब्यबस्थापन गर्न सकिएन भने, पर पुरुष पर स्त्रीसंगको सम्बन्ध जो गोप्य रुपमा राखिएको हुन्छ तर त्यहि कुरा बाहिर एक्सपोज भैदिन्छ अनि त्यो कारण मानिसले आत्मा हत्या रोज्छन ।
– सबैभन्दा बढी कुन उमेर समुहकाले आत्मा हत्या गर्ने गरेको तथ्यांक छ जिल्ला प्रहरी कार्यलय बाँकेमा ?
हामी संग ९०% आत्माहत्याको केश १५ देखि ३५ बर्षसम्मको देखिन्छ यहाँ किशोरकिशोरी पनि छन १० बर्षको बालक र ७९ बर्षको बृद्ध मानिसले पनि आत्माहत्या गरेको देखिन्छ तर यो कहिलेकाही रियल केशमा मात्र पर्छ । बिशेष गरि बाँकेमा टिन एज र ३५ देखि ४५ बर्षसम्मको हत्या देखिन्छ बाँकेमा ।
– आत्माहत्या रोकथामको लागि प्रहरीको भुमिका के रहन्छ त ? निश्चय पनि आत्माहत्या किन हुन्छ कसरी हुन्छ कारण के हो ?
समाजमा अनुसन्धानका कर्ता र रोकथामको बिषयमा नेपाल प्रहरीको भुमिका निकै ठुलो छ । आत्मा हत्या पत्ता लगाउने कारक पनि प्रहरी नै हो । सचेतनामुलक कार्यक्रमद्वारा समाजमा समुदायको जोखिममा परेकालाई कतिसम्म त्यो कुरा प्रहरीले समाजमा पु¥याउछ । सम्बन्धित सरोकारवाला संस्थासंगै रहेर सामाजिक जनचेतना मुलक कार्यक्रममा प्रहरी प्रत्यक्षसंगै रहेर सामुदायिक प्रहरी साझेद्वारबाट समाज समुदाय र बिद्यालयमा पु¥याउन सके आत्माहत्याको रोकथाम हुन्छ यसमा नेपाल प्रहरीको भुमिका सधैं अग्रपङक्तीमा रहन्छ ।
अन्तमा के भन चाहनु हुन्छ ?
जिल्लाबासी सम्पुर्णमा आफ्नो बालबालिका कहाँ छन के गर्दै छन् कुन क्षेत्रमा काम गरिराछन अभिभावकले निगरानी गर्नु पर्छ अर्को कुरा बालबालिकालाई हप्काउने गाली गरेर भन्दा उनीहरुसंग साथित्वको भावना राखेर दुबैमा हरेक कुरा सेयर गर्नु निकै आवश्यक छ । बच्चाको के कुरामा इच्छा छ सोही अनुसार सल्लाह दिएर बच्चालाई अगाडी बढाउनु पर्छ । आफ्नो बच्चा कतै लागूऔषध दुरब्यसनी मा फसेको, प्रेम सम्बन्धमा छ कि हेर्नू पर्छ । बिश्वमा प्रत्येक १० “सेकेन्डमा एकजनाले आत्माहत्या गर्ने र नेपालमा दैनिक २० जनाले र विश्वमा एक बर्षमा ८ लाखले आत्माहत्या गर्ने गरेको तंथ्याङक छ । त्यसैले यो बिषयलाई समयमै रोकथाम गर्न सकिएन भने यो निकै भयानक हुन्छ ।
