जनक चौधरी बर्दिया – अशोज – प्लान ईन्टरनेशनल नेपाल सामाजिक सचेतन सरोकार मंच स्याक बि ग्रुप, बाँके युनेस्को क्लबको साझेदारिमा आयोजना गरेको दसौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविश्य नारा सहित बारबर्दिया नगरपालिका वडा नं ३ बस्ने बालिका अर्चना चौधरीले एक दिनका लागि श्री नेरामाबि बेलुवाबज्जा बिद्यालयको प्रधानाध्यापको भुमिका तथा सोही वडामा रहेको इलाका प्रहरी चौकी बनियाभार रामपुर को प्रहरी निरिक्षकको भुमिकामा प्रतिभा थारु बनेकी छिन् ।
उक्त कार्यक्रममा इलाका प्रहरी चौकी बनियाभार रामपुरको प्रहरी निरिक्षक हरिहर खड्काले अन्तराष्ट्रिय बालीका दिवशको रुपमा मनाउन गइरहेको गल्स टेक ओभरको अबसरमा यस इकाला प्रहरी कार्यालयको प्रमुख जस्तो गरिमामय पदमा हस्तान्तरण गर्न पाउनु यस इकाला प्रहरी कार्यालयको लागी खुसी तथा यसको अबसरको रुपमा लिएको बताउदै यस इलाका भित्र हुने कुनै पनि घटनाहरुमा युवा महिला बालबालीकाहरुको अबसर तथा आवाजलाइ सुनवाइ हुने खालका कामहरु यस इलाकाले गरिरहेको र आगामी दिनमा यस दिवसको अबसरमा प्राप्त भएको ज्ञापन पत्रलाइ आत्मसाथ गरि कार्यान्वयनका लागी प्रतिबद्धता जनाउनु भयो ।
सही अबसरमा श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको प्रधानाध्यापकले प्लान इन्टरनेशनल नेपाल र उनका साझेदार सस्थाहरुले शैक्षिक गुणस्तिर सुधार गर्न र बालीकाहरुको नियमित बिद्यालयमा सहभागीताका लागी गरिएका क्रियाकलाप सान्दभिक तथा उपलब्धि मुलक भएको छ । यस अबसरमा बिद्यालयमा बालिकाहरुको नेतृत्व बिकास तथा सहभागीताका लागी प्रधानाध्यापकको पदिय जिम्मेवारी हस्तान्तरण गर्न पाउनु बिद्यालयका लागी अबसर लिएका छौ ।
मंगलबारदेखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर १० औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ । प्लान इन्टरनेसनलको स्टेट अफ द वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ ।
सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ । रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।
