(Saturday 25th of July 2026)
`

दशैं मनाउन घर जान हुम्लावासीलाई प्लेन टिकट पाउन सकस

  • सगरमाथा गन्तब्य
  • 12.1K
    SHARES

    नेपालगन्ज – हुम्लाका सन्तोष रोकाय ५ बर्षपछि दशै तिहार मनाउन घर फर्किदै हुनुहुन्छ । काठमाण्डौंमा बस्दै आएका रोकाय प्लेन टिकट नपाएर ३ दिनदेखि नेपालगन्ज एयरपोर्ट राँझाको एक होटलमा बस्दै आउनुभएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा अहिले पनि गाडी जान सकेको छैन् ।
    प्लेन बाहेक घर जाने अन्य उपाय केही छैन बिकल्प भनेको नै प्लेन हो रोकायले भन्नुभयो । हिड्दै जान एक हप्ता लाग्छ । दशै मनाउन घर जाने हुम्लावासीहरु नेपालगन्ज, राँझा, एयरपोर्ट, कोहलपुरका विभिन्न होटलमा बस्दै आएका छन् । हुम्ला सिमिकोट घर जान टिकटका लागि दैनिक एयरपोर्ट धाउन गर्दछु तर टिकट नै पाइदैन रोकायले भन्नुभयो । प्लेन टिकटको लागि पावर र पहुँचको आधारमा टिकट पाइन्छ हाम्रो त्यहाँसम्म पहुँच छैन । दशैमा आफ्नै गाउँघरमा रमाउने चाहना अधुरै रहला जस्तो छ । लामो समय पछि गाउँघरकै साथीभाईहरुसंग रमाउने चाहना अपुरै हुने लक्षण देखिएको छ नेपालगन्जमा अलपत्र परेका भरत शाहीले भन्नुभयो । हुम्लामा अझै बाटो पुगेको छैन । जागिरे र बाहिर कमाउन आउने जानेलाई एकदम सास्ती छ शाहीले भन्नुभयो ।


    बाहिरबाट कमाएर ल्याएको पैसा होटलकै भाडा र खाना तिर्नमा सकिएला कि भन्ने चिन्ता उहाँलाई रहेको छ । घर जाने रहर त छदैछ त्यसमा पनि प्लेन टिकट पाउन कठिन रहेको छ । पाएपनि चाटर्ड गरे मात्र सम्भब हुने गरेको तुल सिंह सुनारले बताउनुभयो । पावर र पहुचको भरमा टिकट पाउने भएको हुनाले टिकटकै लागि ५ दिन होटलमा बसेको भयो सुनारले भन्नुभयो । पाएपनि भाडा डबल भाडा महगो भन्छन उहाँले भन्नुभयो ।
    आफुलाई प्लेन भाडा र दशैको खर्च मात्रा जोहो गरेर हुम्ला घर जान लागेको सुनारले भन्नुभयो । टिकट पाउनको लागि कति सास्ती बेहोर्ने हुम्लाका सुन्दर भण्डारीले भन्नुभयो । अब एकदुई दिनमा टिकट मिलेन भने पुनः काठमाण्डौं फर्किने बताउनुभयो । गाउँघरमा रमाउने साथीभाई घरपरिवारको आश त्यतिकै जाने भो कि भन्ने भैरहेको उहाँले बताउनुभयो ।
    नेपालगन्ज नागरिक उड्यान कार्यालय राँझाका प्रमुख सुरेश प्रसाद खनालका अनुसार नेपाल एयरलान्सका जहाज हप्तामा दुई दिन आइतवार र मंगलवार उडान भैरहेको जानकारी गराउनुभयो । नेपालगन्जदेखि हुम्लाको लागि सममिट एयरको जहाज उडान हुने प्रमुख खनालले जानकारी गराउनुभयो । कर्णाली प्रदेशका बासिन्दालाई अझै दशै तिहार मात्र नभई समयमा जहाज नपाउदा सास्ती खेप्न परेको बताउछन् । चाडपर्वमा त झनै जहाजको टिकट पाउन मुस्किल परेको कर्णालीवासीहरुले बताउछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology