आशा परियार, नेपालगन्ज : नेपाली नागरिकको महान चार्ड वडा दशै नजिकिदै गर्दा बाँकेको नेपालगन्ज जमुनाहनाकामा दैनिकी ७ हजारको हाराहारीमा भारतबाट स्वदेश फर्कर्दै गरेका नेपाली नागरिकको घुइचो लाग्ने गरेको छ । असारे धान लगाएर दशै तिहारको लागि भारतमा जोहो जुटाउन गएका नेपाली सर्बसाधारणको यतिबेला नेपाल–भारत सिमानाकामा घुइचो लाग्ने गरेको हो । दाङ दङगीसरण गाउपालिका वडा नं ७ टिकुनियाका माधव बिश्वकर्मा २ महिना अघि असारे खेती लगाएर कामका लागि भारतको सर्कुली जानुभएको थियो ।
दशै नजिकीदै गर्दा एका विहानै उहाँ नेपाल भारत सिमानाका जमुनाहामा घरमा जाने गाडी छुट्छकी भनेर हतार हतारमा हस्याङ फस्याङ गर्दै जमुनाहा नाका भेटिनुभयो । “नेपालमा रोजगारीको स्रोत नै छैन पेट भर्नको लागि काम गर्नै प¥यो उहाँले भन्नुभयो ।” उहाँसंगै कामका लागि भारतमा गएका १०/१२ जनाको जमात ठुला ठुला झोला बोकेर दशैै मनाउन स्वदेश फर्किर्दै गरेको अवस्थामा जमुनाहा नाकामा भेटिएका छन् ।
यस्तै राराका भिम बहादुर नेपालीले पनि झोला बोकेर जमुनाहा नाकामा पुग्नुभयो । कामका लागि भारतको चण्डीगढ गएका उहाँ पनि दशै मनाउनकै लागि स्वदेश फर्किएको बताउनुहुन्छ । उहाँले पढाई नभएको कारण विदाको सदुपयोग गर्न भारत कमाउन गएको बताउदै चाडपर्व नजिकिएपछि गाउँ घरको मायाले मन थाम्न नसकेर काम छोडेरै स्वदेश फर्किएको बताउनुभयो ।
बिभिन्न ठाउँबाट कामका लागि गएका हजारौ सर्वसाधारण नेपालगन्ज जमुनाहनाका भएर आउने गरेका छन् । भारतबाट आएका सर्बसाधारणको कोभिड, मलेरिया, टिभीको स्वास्थ्य प्ररिक्षण गरिरहेको बताउनुभयो । भारतबाट नेपाल आउने सर्बसाधारणले जमुनाहनाकामा रहेको हेल्थ डेस्कमा चाप बढेको जमुनाह हेल्थडेस्कका स्वास्थ्यकर्मी जितराम यादबले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय भन्सार चौकीका इन्चार्ज माधव रिजालले भारतबाट श्रमिकको काम गरेर आउने सर्वसाधारणको सहजताको लागि अनुगमनमा कढाइ गरेको बताउनुभयो । उहाँले भारतबाट पैसा कमाएर आएका सोझा साझा सर्वसाधारणलाइ लागूऔषध खुवाएर ठग्ने,चोरी गर्नेको संख्या थुप्रो रहेकोले यतिबेला २४ सै घण्टा जमुनाहानाकामा निगरानी राख्दै आएको बताउनुभयो ।
