नेपालगन्ज : नेपाल मार्शल आर्ट्स हाप्किडो संघ बाँकेले कलर बेल्ट ग्रेडिङ छनौट कार्यक्रम सम्पन्न भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ बाँकेको आयोजनामा शनिवार कलर बेल्ट ग्रेडिङ छनौट कार्यक्रम सम्पन्न भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका पुर्व मेयर डा. धवल सम्सेर राणाको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल मार्शल आर्ट्स हाप्किडो संघ बाँकेका उपाध्यक्ष मोहम्मद मोहसिन हल्वाई (समिर) रहनुभएको थियो ।
कार्यक्रममा हाप्किडोका प्रमुख प्रशिक्षक रबि सुनार, नेपाल युवा क्लवका केन्द्रिय उपाध्यक्ष गंगा कुमारी पुनमगर, प्रेस सल्लाहकार भगतराम थारु लगायतको सहभागिता रहेको थियो । कलर बेल्ट ग्रेडिङ छनौट कार्यक्रममा सिगाउँ, जनता मावि, महेन्द्र माविमा खेल्ने हाप्किडोका खेलाडीहरुको सहभागिता रहेको थियो ।
