आशा परियार – नेपालगन्ज : सामुदायिक बिद्यालय नारायरण मा.बि नेपालगन्ज कक्षा १० मा पढ्दै गरेका बिद्यार्थी हिमाल बिश्वकर्मा पहिलेको भन्दा बिद्यालयमा धेरै सुधार आएको बताउनुहुन्छ । ३ बर्ष पहिलेको नारायण मा.बि र अहिलेको नारायण मा.बिमा धेरै सुधार आएको उहाँले बताउनुभएको हो । बिद्यालयले आफुले चाहेको अनुसारको शिक्षा र सुबिधाहरु उपलब्ध गराएकोले बिद्यालयप्रति सन्तुष्टि रहेको बताउनुभयो । उहाँले अधिंकास सामुदायिक बिद्यालयहरुमा नेपाली माध्यमबाटै पढाइ हुने भएकोले एसइर्ईको नतिजा पछिको पढाइमा अंग्रेजी बिषय चुनौती बन्ने बताउनुभयो ।
बिद्यालयले बिद्यालयमा भएका समस्यालाइ सुधार गर्दै शैक्षिक गुणस्तरमा परिर्वतन ल्याएको कक्षा १० पढ्दै गरेकी बिद्यार्थी बबिता खड्काले बताउनुभयो । उहाँले भन्नुभयो “पहिला बिद्यालयमा शौचालय सफा थिएन अहिले शौचालय धेरै सफा छ । महिनावारी भएको बेला प्रयोग गर्ने शौचालय र प्याड बिद्यालयले राम्रो व्यवस्था गरेको छ । प्रध्यानध्यापकको नेतृत्वले बिद्यालयमा नीति नियम कडा गरिदिएकोले बिद्यार्थीहरुको पाठनपठनमा सकरात्मक सुधार ल्याउदै पढाइपनि पहिलेको भन्दा धेरै राम्रो हुदै गएकोे बिद्यार्थी खड्काले बताउनुभयो ।
बिद्यालयले समय समयमा छोरा छोरीको पढाइको अवस्थाको बारेमा जानकारी गराउन आफुलाइ बोलाउने गरेको कक्षा १० पढ्दै गरेकि सम्झना क्षेत्रीको हजुरआमा शोभा हमालले बताउनुभयो । बिद्यालयले बिद्यालयमै बोलाएर घरमा छोरा छारीले पढाइलाइ समय दिन्छन कि दिदैनन् भन्ने कुराको जानकारी राख्दै आएको बताउदै बिद्यालयको पाढनपढन राम्रो भएको दाबी गर्नुभयो ।
नारायण मा.बि का प्रध्यानध्यापक बाबुतरुण गौतमले बिक्रम संवत १९९२ मा स्थापना भएको बिद्यालयले बिभिन्न चुनौतीको सामना गर्दै ८७ बर्ष पार गरिसकेको जानकारी गराउदै बिद्यार्थीको शैक्षिक गुणस्तरमा बृद्धी ल्याउन बिद्यालयले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । बिद्यार्थीको शैक्षिक गुणस्तर माथि उठाउनका लागि शैक्षिक पाठनपठनलाइ निरन्तरता दिदै आएको प्रध्यानध्यापक गौतमले जानकारी गराउनुभयो ।
बिद्यालयले बिद्यार्थीको रुचि,चाहाना अनुसार शिक्षामा जोड् दिएको उहाँले बताउनुभयो । बिद्यालयमा अधिंकास बिषय नेपाली माध्यमबाट पढाइने भएकोले बिद्यार्थीको संख्या न्यून हुदै गएको प्रध्यानध्यापक गौतमले बताउनुभयो । उहाँले नीजि बिद्यालयमा अंग्रेजी बिषयलाइ बिशेष प्राथामिकता दिएर पढाइने भएकोले सामुदायिक बिद्यालयमा बिद्यार्थीको संख्या न्यून हुदै गएको दाबी गर्नुभयो ।
उहाँले बिद्यालयमा ७ सय जना बिद्यार्थी, १८ जना शिक्षक, २२ कक्षा कोठा रहेको बताउदै बिद्यालयमा कक्षा कोठाको अभाव रहेको बताउनुभयो । हाल यो संगै बाँकेको अधिंकास बिद्यालयहरुमा शैक्षिक गुणस्तर तथा भौतिक पुर्वाधारमा समेत सुधार हुदै आएको छ ।
