(Wednesday 28th of October 2026)
`

लेनदेन र बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

  • सगरमाथा गन्तब्य
  • 8.1K
    SHARES

    नेपालगन्ज : लेनदेन र बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले लेनदेन र बाल यौन दुरुपयोग मुद्दाका फरार भएका खजुरा गाउपालिका वडा नं ५ बस्ने ५० बर्षिय तुलसीराम खटिकलाई र कोहलपुर नगरपालिका वडा नं ११ बस्ने ३१ बर्षिय प्रकाश खत्रीलाइ पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेले २०७९ भदौ १० गतेको सुनाएको फैसलाले लेनदेन मुद्दामा खटिकलाई ६ महिना कैद सजाय र २०७५ फागुन २ गतेको सुनाएको फैसलाले बालयौन दुरुपयोग मुद्दामा खत्रीलाई ९ महिना १४ दिन कैद सजाय तोकिएको थियो । उक्त प्रहरीले हालसम्म लेनदेन मुद्दामा फरार रहेका खटिकलाई बुधवार र बाल यौन दुरुप्रयोग मुद्दामा फरार रहेका खत्रीलाई बिहीवार पक्राउ गरि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology