(Saturday 25th of July 2026)
`

महिला व्याटमिन्टन प्रतियोगितामा बाँकेका सुस्मा प्रथम

  • सगरमाथा गन्तब्य
  • 14.2K
    SHARES

    नेपालगन्ज : महिला व्याटमिन्टन प्रतियोगितामा बाँकेको सुस्मा श्रेष्ठ प्रथम हुनुभएको छ । आज भैरहवामा जारी भएको प्रदेश स्तरिय खेल महिला व्याटमिन्टन प्रतियोगितामा बाँकेको श्रेष्ठ प्रथम हुनुभएको हो । महिला व्याटमिन्टन प्रतियोगिताको फाइनल खेलमा रुपन्देहीको पुजा बिष्टलाई सोझो सेटमा पराजित गर्दै बाँकेको श्रेष्ठ प्रथम हुनुभएको बाँकेका व्याटमिन्टन प्रशिक्षक जयन्द्र श्रेष्ठले जानकारी गराउनुभयो । प्रदेश स्तरिय खेल सिंगल महिला व्याटमिन्टन प्रतियोगितामा श्रेष्ठले फाइनलमा बिष्टलाइ २१–१६ र २१–१५ को सेटमा पराजित गर्दै प्रथम भएको व्याटमिन्टन प्रशिक्षक  श्रेष्ठले जानकारी गराउनुभयो ।
    यस अघि महिला व्याटमिन्टन प्रतियोगितामा पाल्पाका दिया शाक्यलाई सोझो सेटमा पराजित गर्दै श्रेष्ठले फाइनलमा प्रवेश गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology