(Wednesday 28th of October 2026)
`

बाल दिवशको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

  • सगरमाथा गन्तब्य
  • 16.1K
    SHARES

    नेपालगन्ज : बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मुलनारा साथ ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरिएको छ । होप इन्टरनेशनल ऐकेडेमी नेपालगन्जको आयोजनामा ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता तथा पुरस्कार बितरण कार्यक्रम बुधवार सम्पन्न गरिएको हो ।
    ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा होप इन्टरनेशनल ऐकेडेमी विद्यालयका कक्षा ६ देखी कक्षा १० सम्मको बिद्यार्थीहरु समावेश गरि हाजिरी जवाफ प्रतियोगिता गरेको होप इन्टरनेशल एकेडेमी नेपालगन्जको प्रध्यानध्यापक केशभा रेग्मीले बताउनुभयो ।
    हाजिरी जवाफ प्रतियोगितामा ५ ग्रुप गराएर प्रश्नको उत्तर दिदै प्रथम, दास्रो, तेस्रो स्थानमा आएका बिद्यार्थीहरुको गु्रपलाइ पुरस्कृत समेत गरिएको प्रध्यानध्यापक रेग्मीले जानकारी गराउनुभयो । उहाँले बिद्यालय स्तरबाट खेलकुद, बक्ततृत्वकला,हाजिरी जवाफ जस्ता प्रतियोगिताले बिद्यार्थीहरुको चौतर्फी बिकास गर्ने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology